विद्यार्थीले मिलेर बनाए सेनिटाइजर

विद्यार्थीले मिलेर बनाए सेनिटाइजर

  • बुधबार, चैत्र १२, २०७६
  • –गोपालप्रसाद बराल

  • 13.2K
    SHARES

आफ्नै वस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकत्र्ता बढ्दै गएका छन् ।

कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा नपाउँदा निरास भएका यहाँका सर्वसाधारणलाई अहिले आफ्नै नानीहरुको प्रयत्न उपयोगी बनेको हो । बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् ।

विद्यालयका विज्ञान सङ्कायका कक्षा–१२ का विद्यार्थीले आफ्नै प्रयोगशालामा सम्बन्धित विज्ञ शिक्षकको प्रत्यक्ष नेतृत्वमा मापदण्डअनुसारको सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् । विषय शिक्षक रसायनशास्त्री गङ्गाप्रसाद फुँयालको नेतृत्वमा अम्बिका दाहाल, शिशिर भण्डारी, मञ्जिता बिष्ट र निलिफा रम्तेल सहभागी विद्यार्थी टोलीले सेनिटाइजर बनाउन सफलता पाएको हो ।

शिक्षक तथा रसायनशास्त्री फुँयाल र विद्यालयका ल्याब इञ्चार्ज तथा विज्ञान शिक्षक अखलेश यादवले सेनिटाइजर बनाउन आफ्ना विद्यार्थीलाई सहजीकरण गर्नुभएको हो । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार नै आफ्ना विद्यार्थीले सेनिटाइजर बनाएका रसायनशास्त्री पुmँयालको दाबी छ ।

सेनिटाइजर बनाउँदा ५७ दशमलव ४६ प्रतिशत इथानोल, दुई दशमलव ८७ प्रतिशत हाइड्रोजन पेरोक्साइड, एक प्रतिशत गिलसेरोल हुनुपर्ने मापदण्ड छ । त्यसैगरी इथानोल ९६ प्रतिशत, हाईड्रोजन पेरोक्साईड तीन प्रतिशत र गिलसेरोल ९८ प्रतिशत गुणयुक्त रसायनिक पदार्थ हुनुपर्ने मापदण्डअनुसार नै यी पदार्थको मिश्रणबाट आफ्ना विद्यार्थीले सेनिटाइजर बनाएका फुँयाल र यादब बताउनुहुन्छ ।

विद्यार्थीले तयार गरेका सेनेटाइजरमा छालालाई नरम, पोषणयुक्त बनाउन आफ्नै वरिपरि पाइने ओषधीय गुणयुक्त वनष्पति घ्यूकुमारीको झोल प्रयोग गरिएको छ । यसलाई इथानोलसँग निश्चित अनुपातमा मिश्रण गरिएको हुँदा स्तरीय सेनिटाइजर तयार भएको पुmँयालले बताउनुभयो । विद्यार्थीले तयार गरेका सेनिटाइजर अब नगर वस्तीका घरघरमा प्रयोग गर्न थालिएको छ । “बजारमा सेनिटाइजर नभएर अभाव खेप्नु परेका बेला हाम्रै नानीहरुले गुरुहरुको प्रत्यक्ष रेखदेखमा यो तयार गरेका छन्” विद्यालयका प्रधानाध्यापक दिपक बरालले भन्नुभयो, “विद्यालय बन्द भएपनि एकान्तवासमा सेनिटाइजर बनाउने काम प्रयोगशालामा जारी राखिने र स्थानीय मागअनुसार पूर्ति गरिने छ ।”

विद्यार्थीले तयार गरेका सेनिटाइजर बजारमा कसरी लैजाने भन्नेबारे औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढाकालसँग समन्वय गरिएको विद्यालय प्रशासनले जनाएको छ । यद्यपि रसायनशास्त्री शिक्षक फुँयाल र विज्ञान शिक्षक यादवको प्रत्यक्ष रेखदेखमा तयार गरिएको सेनिटाइजर नगरका वस्ती⁄वस्तीमा प्रयोगमा ल्याइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खनालले विद्यालयले बनाएको सेनिटाइजर गाउँले र विद्यार्थीलाई वितरण गरेर कोरोना भाइरसबाट बचाउन सचेतनामूलक अभियानमा जुटिएको बताएका छन् । बजारमा नपाइरहेको अवस्थामा आफ्ना नानीहरुको मिहिनेतले राहत दिएको अहिले गौरीडाँडाका आम सर्वसाधारण बताउँछन् । विद्यार्थीले तयार पारेका सेनिटाइजर हिजो मङ्गलबार प्रयोगमा ल्याइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी