काठमाण्डौं, चैत्र १२ । कोरोना कारईरसका कारण लक डाउन भए पछि घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ ।
मोबाईलमा डाटा प्याक, वाईफाई, एडीएसएल वा जुनसुकै प्रदायकबाट लिईएका ईन्टरनेट सेवाको प्रयोग लक डाउनका समयमा अत्याधिक वृद्धि भए पछि नेटवर्क ट्राफिक जाम हुन सक्ने र सेवा नै अवरुद्ध हुन सक्ने जोखिम बढेको छ ।
यसो भयो भने अचानक ईन्टरनेट ठाँउ ठाँउमा बन्द हुन सक्ने छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले सूचनै निकालेर यस्तो चेतावनी दिदै प्राथमिक र आवस्यक एप्लीकेसन मात्र चलाउन अनुरोध गरेको छ ।
नेपालका इन्टरनेट सेवाप्रदायकहरुले राति ८ देखि १० बजेको बीचमा एकैतिर धेरै खपत हुँदा नियमितको तुलनामा इन्टरनेटको गति पनि सुस्त भएको छ। सेवाप्रदायकहरुले उक्त समयमा अनावस्यक इन्टरनेट नचलाउन आग्रह गरेका छन्।
’धेरै मान्छेले अहिले घरबाटै काम गरिरहेका छन्। सम्पर्क तथा सञ्चार पनि इन्टरनेटकै माध्यमबाट गरिरहेका छन्। यस्तो बेला इन्टरनेटमा अनावस्यक गतिविधि नगरिदिनुहोला’ नेपाली इन्टरनेट सेवाप्रदायकहरुको संस्थाले भनेका छन् ।
एक साता पहिलेको तुलनामा पछिल्ला दिनमा दैनिक ३० प्रतिशतले ब्यान्डविथ खतप बढीरहेको नेपालको सबैभन्दा ठूलो फिक्स्ड इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका म्यानेजर लक्ष्मण यादवले जानकारी दिए।