कोरोना भाइरस भगाउन भन्दै क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि…..

कोरोना भाइरस भगाउन भन्दै क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि…..

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

केन्या, १० चैत ।
केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल खुवाएको तथ्य सार्वजनिक भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल खुवाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो । साथै चारजनाको अवस्था गम्भीर अवस्थामा पुगेको छ । तर मृत्यु भएका ती व्यक्तिहरुलाई नै पास्टरले डिटोल पिलाएको हो वा हैन भन्ने यकिन नभएको रिपोर्टमा उल्लेख छ ।

केन्या टुडेको ‘फ्याक्ट चेक’ पछि हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो घटना बाहिरिएको हो । पास्टर फाला विवादित व्यक्ति समेत हुन् । यसअघि पनि उनले पटक पटक यस्तै गैरकानुनी हर्कत गर्दैआएका छन् । २०१८ मा उनले क्रिश्चियन विश्वासीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट जिक पिलाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी