एजेन्सी चैत्र १० । कोरोनाले विश्वभर मान्छे यति तर्सिन थालेका छन् कि यो आजको सामाजिक र विज्ञानका लागि सबै भन्दा ठूलो चुनौती बनेको छ ।
हालै एयर एशियामा यस्तै त्रासको एउटा घटना सार्वजनिक भएको छ । यो घटना भारतको पुणेमा २० मार्चको हो ।
एयर एशियामा यात्रुहरु चढ्दै थिए , त्यही बेला एक जना यात्रुले हाछ्यु गरे पछि पाईलट ककपिटबाट निस्किएर भागेको भारतीय सञ्चार माध्महरुले जनाएका छन् ।
फलाईट १५– ७३२ बाट सो जहाज पुनेबाट दिल्ली आउनु पर्ने थियो ।
बिमानमा चढ्दै गरेका यात्रीमध्य एक जनाले हाछ्यु गर्नासाथ पाईलट ककपिटबाट निस्केर दौडे पछि अरु यात्रीलाई पनि पछिल्लो ढोकाबाट सुरक्षित निकालिएको थियो । त्यस पछि सबै यात्रु र पाईलटको स्क्रीनिगं गरियो र सबै नेगेटिभ रहे पछि विमान फेरी उडाईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline