एजेन्सी, चैत्र ८ । अमेरीकामा राखिएको विश्वकै सबै भन्दा सुपर कम्प्युटरले कोरोना भाईरस फैलन रोक्न सक्ने ७७ वटा केमिकल पत्ता लगाएको छ । यो केमिकल पत्ता लागे पछि अब भ्याक्सिन बनाउन सहज हुने अपेक्षा गरिएको छ । कोरोनाले विश्वभरका वैज्ञानिहरुलाई ठूलो चूनौती दिईरहेको छ ।
कोरोनाले हालसम्म ११ हजा बढी मानिसको ज्यान लिएको छ भने विश्वको कुना कुना सम्म फैलिएको छ । तीव्र रुपमा यो भाईरस फैलिएर विश्वमा मानव जातिको लागि ठूलो संकट पैदा गरेको छ । यस्तोमा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई)बाट लैस आईबिएमको सुपर कम्प्युटर समिटले कोरोना रोक्न सक्ने रसायन पत्ता लगाए पछि यसको पुनः परीक्षण गर्ने तयारी रहेको सिएनएनले जनाएको छ ।यस अघि नै हजारौ केमिकल परीक्षण गरिए पछि ७७ वटाको निश्चित गरिएको थियो । यो परीक्षण ओक रजि नेस्नल लेब्रोटरीमा परीक्षण गरिएको थियो ।
के हो सुपर कम्प्युटर ?
सुपर कम्प्युटर समिट दुनियाँको समस्या समाधान गर्नका नै गरिएको हो । अमेरीकाको उर्जा विभागले सन् २०१४ मा समिटका लागि काम शुरु गरेको थियो । यो सुपर कम्प्युटर दुई सय फेटाफ्लप गणना गर्न सक्षम छ । यो सबै भन्दा तेज ल्यापटप भन्दा १० लाख गुणा शक्तिशाली छ । यसले अब पुनः परीक्षण गरे पछि ७७ वटा केमिकलको प्रयोगबाट कोरोनाको प्रसार रोक्ने नयाँ मोडलको विकास हुने छ ।