पानी भनेर ह्वीस्की खादाँ हात्ती मातेर चियाबारीमा ढले, फाेटाे भाइरल

पानी भनेर ह्वीस्की खादाँ हात्ती मातेर चियाबारीमा ढले, फाेटाे भाइरल

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

चीनको दक्षिणी युनान प्रान्तको एक गाँउमा एक दिन अचानक १४ वटा हात्तीको बथान छिर्यो । गाँउमा रहेको मदिरा स्टोरमा तोडफोड डर्दै ती हात्तीहरुले मकैबाट बनेको ह्वीस्की खाए । केही फुटाए । रक्सी बनाउने सामाग्रीहरु जम्मै फुटाएर उत्पात मच्चाएको हात्ती मध्य केहीले ३० लिटर जति रक्सी पानी सम्झेर खाए शायद । त्यस पछि गाँउलेले विभिन्न उपाय निकालेर खेदे पछि हात्ती फेरी जंगलतिर लाग्यो । यो घटना यही मार्च महिनाको भएको बताईन्छ ।
त्यस पछि त्यो हात्ती चिया बगानमा पुग्यो । रक्सी खाएका हात्तीहरुको सन्तुलन विग्रन थाल्यो नशा चढ्दै गए पछि । दुई हात्ती एक आपसको सहारा बनेर उभिए । तर झुम भए पछि उनीहरु सगैँ चियाबगानमा सुतेको दृष्य अहिले निकै भाईरल बनिरहेको छ ।


रक्सीको नशामा सुतिरहेको हात्तीको भिडियो, तस्वीर जुजोउ, बिंगबिंग, विबो र ट्वीटरमा शेयर गरिएको छ । मेघई गाँउका स्थानीयका अनुसार हात्तीको बथानमध्य दुई वटाले स्टोरभित्रको रक्सी खाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी