कोरोनाको संकट कहिले र कसरी अन्त्य हुन्छ ?

कोरोनाको संकट कहिले र कसरी अन्त्य हुन्छ ?

  • शनिबार, चैत्र ८, २०७६
  • जेम्स गैगलर

  • 10.9K
    SHARES

कोरोना भाईरसका कारण दुनिया रोकिएको जस्तो लाग्छ । जुन स्थानमा दैनिक ठूलो भीड हुने गर्दथ्यो , त्याहाँ अहिले भूतघर जस्तो सुनसान छ । स्कुल कलेज देखि लिएर हिडडुल गर्न प्रतिवन्ध छ । मानिसहरु एक ठाँउ भेला हुन प्रतिवन्ध छ । दुनियाको हरेक व्यक्ति कुनै न कुनै रुपमा प्रभावित छ ।
यो एक विरामीको विरुद्ध विस्वव्यपी प्रतिकृया हो । तर यो संकट कहाँ गएर अन्त्य हुन्छ र आम मान्छे आफ्नो सहज जिन्दगीमा फर्कन पाउछन् भन्ने सवाल उठेको छ । भलै आउने तीन महिना भित्र यो महामारी कम भयो भने पनि यसको जरा उखेल्न धेरै दुरी छ । यो स्पष्ट छ कि सबै थोक बन्द गर्ने नीति लामो समय रहन संभव छैन । सामाजिक र आर्थिक नोक्सानी निकै विध्वशकारी बन्दै गएको छ । दुनियाका देशहरु एक्जीट स्ट्रेटेजी चाहिरहेका छन् ता कि प्रतिवन्ध हटाईयोस र सबै सामान्य होस् । तर कोरोना भाईरस गायव हुदैन यो साँचो हो ।
यदी प्रतिवन्ध हट्यो भने भाईरस फर्किने छ र समस्या तीव्र वृद्धि हुनेछ । एडीमब्रा विश्व विद्यालयमा संक्रामक रोग महामारी विज्ञानका प्रोफेसर मार्क वुलहाउस भन्छन्, हाम्रो सबै भन्दा ठूलो समस्या यसबाट बाहिर निस्कने नीतिलाई लिएर छ कि कसरी पार पाउन सकिन्छ यसबाट ?
कोरोना भाईरस यस समयको सबै भन्दा ठूलो वैज्ञानिक र सामाजिक चूनौती हो ।
यस संकटबाट निस्कने तीनवटा बाटो
१. भ्याक्सिन
२.संक्रमणबाट बच्न प्रतिरोधी क्षमताको विकास
३. हाम्रो समाज या व्यवहारलाई स्थायी रुपले बदल्नु
यीनीहरु मध्य हरेक एउटा बाटोले भाईरस फैलन कम गर्न सक्छ ।
१. भ्याक्सिन आउन कति समय लाग्ला ?
एउटा भ्याक्सिनले त्यो प्रतिरोधी क्षमता दिन्छ जसले मानिस बिरामी हुदैनन् । करीब ६० प्रतिशत जनताको रोगबाट मुक्त गर्नका लागि प्रतिरोधी क्षमताको विकस गर्नलाई हर्ड ईम्युनिटी भनिन्छ ताकि कुनै पनि भाईरस महामारी नवनोस् । केही समय अघि अमेरीकाको एक व्यक्तिमा कोरोना भाईरसको भ्याक्सिन परीक्षण गरियो । यसमा अनुसन्धानकर्तालाई छुट दिईएको थियो कि यसलाई जनावारमा परीक्षण गर्नु अघि नै सिधै मानिसमा परीक्षण गर्न सक्ने गरी । धेरै अभूतपूर्व गतिमा यसको भ्याक्सिनका लागि शोधकर्ताहरुले काम गरीरहेका छन् तर यो निश्चित छैन कि यो सफल हुने छ भनेर । या विस्वभर सबैमा यो दिन सकिन्छ ?
यदी सबै ठीकै भयो भने भने पनि करीब १२ देखि १८ महिना सम्म लाग्न सक्छ । यो प्रतिक्षाको निकै लामो घडी हुनेछ किन कि दुनियाँले अहिले नै ठूलो प्रतिवन्धको सामना गरीरहेका छन् । वुलहाउसले भ्याक्सिन पर्खने बिषयलाई रणनीति भन्नु ठीक हुदैन किन कि यो रणनीति नै होईन ।
ब्रिटेनको रणनीति अहिलेको समयमा भाईरस कम फैलन दिनु हो । ताकि अस्पतालमा धेरै बोझ नपरोस् किन भने अहिले नै अस्पतालहरुमा आईसियु खाली छैन ।
बेलायतका बैज्ञानिक सल्लाहकार प्याट्रीक बेलेन्सले सबै चीज पूर्ण प्रतिवन्ध लगाउन संभव नरहेको बताएका छन् । कोरोना संक्रमित मानिसमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन सक्छ तर यसो हुन लामो समय लाग्छ ।
ईम्पेरियल कलेज लण्डनक प्रोफेसर नील फग्र्युसनले भने कि हामी एउटा स्तरमा संक्रमण दबाउने कुरा गरीरहेका छौं,आशा गर्न सकिन्छ कि सानै स्तरमा मानिसहरु संक्रमित हुनेछन् । तर यो दुई बर्ष भन्दा माथिको समय गयो भने यसले ठूलो हिस्सामा संक्रमण हुन सक्छ र संक्रमितहरुको प्रतिरोधात्मक क्षमतामा विकास भएको पनि हुन सक्छ । तर प्रश्न उठ्छ कि यस्तो प्रतिरोधी क्षमता कहिले सम्म रहन सक्छ ? ज्वरोको लक्षण भएको कोरोना संक्रमितमा अरु संक्रमणले पनि हमला गर्न सक्ने संभावना बढी हुन्छ ।
के हो दोस्रो बाटो ?
प्रोफेसर वुलहाउस भन्छन् , तेस्रो विकल्प हाम्रो व्यवहारमा सधै परिवर्तन ल्याउनु हो । जसले संक्रमणको स्तर कम हुन्छ । यसमा केही उपायहरु हुन सक्छन् जसलाई लागू गरिएको छ । यसमा केही कडा परीक्षण र बिरामीहरुलाई अलग गर्ने प्रकृया हुन सक्छ । हामीले पहिले संक्रमित विरामीको पत्ता लगाउने र उससगँ सम्पर्क रहेकाहरुको खोजी गर्ने प्रकृया थालेका थियौँ तर त्यो काम लागेन ।
अन्य रणनीतिमा कोभिड–१९ का लागि दवाईको विकास गर्ने रणनीति पनि हुन सक्छ । यसको उपयोग लक्षण देखिएकोमा गरिएमा यसले अरुमा संक्रमण हुनबाट जोगाउन सक्छ ।
अर्को उपाय भनेको बिरामीलाई अस्पतालमै उपचार गर्ने ताकि कम ज्यान जाओस् । आईसीयुको संख्या बढाएर पनि यस संकटको सामना गर्न सकिन्छ । बेलायतका चिकित्सा सल्लाहकार क्रिस बिटीले भ्याक्सिनले मात्रै यो संकटबाट मुक्ति दिलाउन सक्छ । छिटो भन्दा छिटो यसको विकास हुने र विज्ञानले एउटा नतिजा दिने विस्वास गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी