सात बर्ष तीन महिना तीन दिन । आफ्नी डाक्टर छोरी निर्भयाको सपनाको अन्त्य भएको दिन । छोरीमाथि बलात्कार मात्र हैन पुरै पाशविक एवं वर्वर अपराध गरीएको दिन । जुनदिन देखि आशाले नरोएको कुनै दिन भएन ।
उनले अभियुक्त चारै जनालाई फाँसी हुनु अघिल्लो रातभर पनि अदालतमा दौडिनु पर्यो । यो लामो र कठोर पीडा सहितको संघर्ष पछि जब मार्च २० को बिहान घाम झुल्किनु अघि मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई फाँसी दिए पछि पनि आशाको आखाँमा आशु त थियो तर खुसीले केही साथ दिएको अवस्थामा ।
उनले पत्रकारहरुसगँ कुरा गर्दै निर्भयाले ढिलै भए पनि न्याय पाएको भन्दै जनता, अदालत सहितलाई धन्यवाद दिदै भनिन् , आजको घाम निर्भयाको नाममा झुल्किएको छ , भारतका छोरीहरुको नाममा झुल्किएको छ । मैले छोरीको लागि आफ्नो धर्म पूरा गरेकी छु । उनका साथमा हजारौ अन्य मानिसहरु पनि जेल बाहिर भेला भएका थिए ।