लण्डन, ६ चैत ।
घरमा श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक युवालाई वयस्कलाई कोरोना भाइरस संक्रमण भएको छ । बेलायतमा आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका उनलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ ।
पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे ।
प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् ।
३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline