उत्पादन लागतको मूल्याङ्कन गरेर बचतको ग्यारेण्टी हुने गरी मूल्य तोकिनेछः मन्त्री भुसाल, यस्ता छन् पाँच नीतिगत आधार

उत्पादन लागतको मूल्याङ्कन गरेर बचतको ग्यारेण्टी हुने गरी मूल्य तोकिनेछः मन्त्री भुसाल, यस्ता छन् पाँच नीतिगत आधार

  • बुधबार, चैत्र ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, ६ चैत ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन बचततर्फ पहलकदमी लिनुपर्नेमा जाेड दिनुभएकाे छ । उनले नेपालको कृषि क्षेत्रलाई सुधार्न भन्दै पाँच आधार तयार गरेका छन्।

मन्त्रालयमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले यी बुँदाहरुबारे जानकारी गराएका हुन्। किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन बचततर्फ पहलकदमी लिनुपर्छ भन्ने निष्कर्षमा मन्त्रालय पुगेको उल्लेख गर्दै मन्त्री भुसालद्वारा तयार गरिएको प्रतिवेदनमा नीतिगत आधारका रुपमा पाँचवटा बुँदा उल्लेख गरिएको छ। कृषि सुधार्ने आधार भनी दाबी गरेकामध्ये पहिलो बुँदामा उत्पादनमा सामग्रीमा अनुदान दिने उल्लेख छ।

यस्तै क्रमशः सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गर्ने उल्लेख छ। यसबारे पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले आयात प्रतिस्थापन गर्ने चुनौती चिर्न तयारी थालेको र सन्तोषजनक काम भइरहेको दावी गरे।

उनले भने, ‘आजको कृषि कसरी अघि जानुपर्छ भन्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको थियो, प्रधानमन्त्रीज्यूले थप तयारीका साथ काम गर्न भन्नुभएको छ।’

६० वर्षको अवधिमा कृषिबाट नतिजा नआएकाले अब प्रदेश र स्थानीय तहसँग मिलेर कृषि नीति तयार गरिने भुसालले बताए। जनतालाई विकास दिने गरी मन्त्रालय बलियो हुनुपर्ने बताउँदै भुसालले कर्मचारीतन्त्र हाकिम खुशी पार्नेतर्फ लागेको उल्लेख गरे।

विदेशीले पनि यहीअनुसार काम गरिदिँदा समस्या भएको र अब यस्तो अवस्थालाई तोड्नै पर्ने मन्त्री भुसालले बताए। कृषि पेशालाई आकर्षक बनाउन खोजिएपनि यो निकै गाह्रो र दुःखी काम रहेको तथा नाफा पनि अत्यन्तै कम रहेको भुसालले उल्लेख गरे। नाफा र बचतले उत्पादनलाई माथ गरेन भने विज्ञान र विकासले पनि काम नगर्ने उनले बताए।

यस्ता छन पाँच नीतिगत आधार : 

  • उत्पादन सामग्रीमा अनुदान:  हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ/नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित गरिने छ । तिनलाई सर्वसुलभ बनाइनेछ ।
  • सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा: हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेण्टी गरिने छ । स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी अहिले रिक्त रहेका करिब ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गरिने छ ।
  • सस्तो र सुलभ ऋण: सस्तो ब्याजदरको ऋणमा वास्तविक किसानको पहुँच ग्यारेण्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गरिनेछ र हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने छ ।
  • बाली तथा पशुपन्छी बीमा: कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहुँचमा पु¥याउने ग्यारेण्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालि–वस्तुको हानीनोक्सानीबाट किसानलाई सुरक्षित गरिनेछ ।
  • न्यूनतम बचतको ग्यारेण्टी: किसानले उत्पादन गर्ने मुख्य बालि–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित बचतको ग्यारेण्टी हुने गरी न्यूनतम समर्थन मूल्य तोकिने छ । किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी