एजेन्सी चैत्र ५ । कोरोनाको ठूलो महामारीबाट मुक्ति पाउदै गएको चीनको सैन्य चिकित्सकहरुले तयार पारेको कोरोना विरुद्धको खोप मानवमा परीक्षण शुरु भएको छ । टर्मीनेटर अफ् ईवोला नाम दिईएको यो भ्याक्सिन चेन वि चीनले तयार पारेका हुन् । उनी जनमुक्ति सेनाका बरिष्ठ अधिकारी पनि हुन् ।
उनले सिसिटिभीलाई अन्तवार्ता दिदै कोरोना निर्मुल पार्न यो खोप ठूलो हतियार हुने र सरकारले परीक्षणको अनुमति दिएको बताएका छन् । यदी यसले बिरामी निको भयो भने यसले देशको छवि र विज्ञानको क्षेत्रमा चीनको शीर उच्च हुने उनले बताए ।
चेनको टोलीले एक महिना लामो बिशेष अध्ययन पछि यो भ्याक्सिनको सफलतापुर्वक परीक्षण गरेको थियो । यसैबीच अब यो भ्याक्सिन ठूलो मात्रामा उत्पादनको तयारी भएको उनले बताए । २६ जनवरी देखि नै उनले भ्याक्सिन बनाउन थालेका थिए । यो भ्याक्सिन केही बिरामीमा परीक्षण गरिएको जनाईएको छ ।