पछिल्लो दशक प्रविधिको विकासले हाम्रो जीवनमा क्रान्ति ल्याईरहेको छ । यसमा कैयौ नयाँ वैज्ञानिक आविष्कारह पनि जोडिएका छन् । १७१२ आसपासमा बाफबाट चल्ने ईन्जिनको खोजको दुई सय बर्ष पछि सम्म दुनियामा मेसिनको क्रान्ति चलिरह्यो ।
बिजुलीको आविष्कार औद्योगिक क्रान्तिको कारण बन्यो । जो एक शताव्दी भन्दा धेरै चल्यो । २० औ शताव्दीमा ईन्टरनेटले कम्युटर क्रान्तिको बाटो बनायो ।
यद्यपि, पछिल्लो दशकमा आएको डिजिटल क्रान्तिले पुरै दुनियाको काम गर्ने तरीका बदलदियो । यो दशक खास गरी २००९ देखि २०१९ लाई लिईन्छ । यसमा डिजिल क्रान्तिको माध्यमबाट ईन्टरनेटले प्रगति गर्यो जो आम मानिसको हातमा पुगेको छ ।
स्मार्ट फोन क्रान्ति
पछिल्लो एक दशकमा मोबाईल फोन फिचर फोनबाट टच स्क्रीन सम्म पुगेको छ । जुन फोनको मुल्य दश बर्ष अघि ४० हजार रुपैया भन्दा धेरै थियो त्यो आज ६ हजार आसपासमा प्राप्त हुन्छ । जसले कम आय भएका मानिसको हातमा पनि स्मार्ट फोन पुग्न मद्धत पुर्यायो । बडी र्याम,अल्ट्रा स्पीड प्रोसेसर्स, ठूलो इंटरनेट स्टोरेज, मेगा पिक्सल कैमरा, वायरलैस ब्लूतुथ हैड फोन्स, ब्लूतुथ स्पीकर्स र पावर बैंक अब आम बिषय भएको छ ।
वायरलेस चार्जर्स, सेल्फी क्यामरा, सेल्फी स्टिक्स, फिंगर प्रिंट स्क्यानर्स, अनुहारको पहिचान (फेशियल रिका‘गिनेशन) र मोबाइल फोनका लागि आईरिस क्यामरा ला‘कले मोबाइल फोनको फिचर्समा क्रान्ति ल्याईदियो । यसै दशकमा आईप्याड र टैबलेट पनि उभारको रुपमा आएको छ ।
अपरेटिगं सिस्टम
सन् २०१० भन्दा अघि विन्डोज,म्याकिन्तोश,लेनक्स ले नै अपरेटिगं सिस्टमको काम गर्दथे । तर २००८ मा एन्ड्रोईड सिस्टम प्रवेश भयो तर त्यति प्रचलित थिएन । यति सम्म कि एप्पलले पनि आईओएसलाई नै निरन्तर अपडेट गरिरहेको थियो । तर अहिले एन्ड्रोईड सिस्टम आम बन्दै गएको छ ।
थ्रीजी देखि फाईभजी को विकास
दशकको शुरुवातमा आएको थ्रीजी डाटा नेटवर्क अब फाईभजीमा विस्तार हुने स्थितिमा पुगेको छ । यो डाटा नेटवर्कले मानिसलाई ईन्टरनेटको उत्कृष्ट आनन्द दिलाईरहेको छ । साथै डाटाको प्रयोग ब्यापक मात्रामा बढिरहेको छ । एसोचैमको एक प्रतिवेदन अनुसार भारतमा मानिसहरुले ७.१ खर्ब मेगावाईट डाटाका प्रयोग गरेका छन् र सन् २०२२ सम्ममा एक सय १० खर्ब मेगावाईट हुने सभावना औल्याईएको छ ।
एरिकसनका अनुसार सन् २०१८ मा भारतमा हरेक महिना ९.८ गिगाबाईट डाटाको प्रयोग गरेका थिए । डाटाको खपत केवल टक टाईम र वैधता योजनाहरुदेखि लिएर अनलिमिटेड आउटगोईगं फ्रि अफरसम्म पुगेको छ । फोरजी र जियो ईन्टरनेट सेवाले डाटाको खबत बढाउन ठूलो भूमिका खेलेको छ । यसले भर्चुअल कनेक्टीभीटी बढेको छ । यति सम्म कि रोबोटिक्सका कारण सर्जरी पनि हुन थालेको छ ।
स्मार्ट घडी
पछिल्लो एक दशकमा मानिसको जीवनशैलीमा काफी बदलाव आएको छ । श्वास्थ्यसगँ जोडिएको जानकारी दिने फिटनेश र स्मार्ट घडीले मानिसको जीवनमा स्थान बनाएको छ । न् २०१७ सम्म यो खासै चलनमा थिएन । सामसुगं र एप्पल जस्ता कम्पनीले सस्ता स्मार्ट घडी निकाले पछि मानिसको सरल पहुँचमा आईपुगेको छ । यसको कनेक्टिभिटी र श्वास्थ्यको ख्याल पुर्याउन क्षमताका कारण यो मानिसको जीवनशैलीमा जोडिन थालेको छ । भविष्यमा स्मार्ट ग्याजेटस् र स्मार्ट बेल्ट बजारमा आउने बताईन्छ ।
डिजिटल घर
ईन्टरनेटको उपलव्धता बढेका कारण ग्याजेटस्को प्रयोग पनि बढ्यो । एलेक्जा र गुगल असिस्टेन्टले व्यक्तिगत सचिवको स्थान लिएको छ । यस प्रविधिबाट मानिसले घरको कुनै पनि कुनाबाट सामान चलाउन सक्छन् ।
अमेरीका जस्ता देशमा डिजिटल होम्स पहिले देखि नै प्रयोग भईरहेको छ । इलैक्ट्रोनिक ग्याजेट्स इंटरनेटसगँ जोडिनु यस दशकको सबै भन्दा महत्वपूर्ण विकास हो । आउने दिनमा यो अझै विकसित हुने छ ।
विना चालकको गाडी
यस दशकमा विना चालकको गाडी अर्थात सेल्फ ड्राईभन कार सडकमा आएको छ । टेस्ला लगायतका कम्पनीको यो कारको माग बजारमा बढेको छ । ईन्टरनेट लिकका कारण गुगल म्याप र आर्टिफिसियल ईन्टेलिजेन्सको माध्यमबाट यस कारले विना कुनै जोखिम मानिसलाई घर पुर्याउछ । कैयौँ ठूला कम्पनीहरुले यो कार बनाउन काम गरीररहेको जनाएका छन् ।
ड्रोनको प्रयोग
यस दशकमा ड्रोनको विकास र प्रयोगमा महत्वपूर्ण प्रगति भएको छ । ड्रोन क्यामराबाट आकासबाट जमिनको भिजुअल लिन सजिलो भएको छ । एयर ट्याक्सी जस्ता विकल्प यसै कारण संभव भएको छ । उबर कंपनीले घोषणा गरेको थियो कि लस एन्जल्स , डलास र मेलवर्नमा एयर एयर ट्याक्सी शुरु गर्ने तयारीमा छन् । यसै बर्ष टेष्ट फ्लाईट हुने र २०२३ सम्ममा व्यशायीक सेवा शुरु हुने जनाईएको छ ।
मोवाईल गेमको संसार
जुन अनलाईन गेमका लागि हाई कन्फिगरेसन कम्युटरको आवस्यकता थियो त्यो अब स्मार्टफोनले समातेको छ ।
एंग्री बर्ड, पोकेमन , पब्जी जस्ता भिडियो गेमहरु भर्चुअल हुन थालेका छन् ।
गुगल म्याप
अनलाईन म्याप अब हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ । ओला र उबर जस्ता सेवा अब गुगल म्यापका आधारमा हुने गरेको छ । यसको मद्धतबाट खाना अर्डर गरीन्छ । स्वीगी, जोमेटो,फुड पांडा जस्ता सेवाहरु शहरहरुमा उपलव्ध भईरहेका छन् । खाने यातायातको यस सेवाले मानिसको जिन्दगी केही सजिलो बनाएको छ ।
मोबाइल कारोबार
मोवाईलका माध्यमबाट कारोबार एक समय निकै सीमित थियो । तर यो अब गुगल पे,पेटिएम र फेरी फोन पे मार्फत काफी सजिलो भएको छ र मानिसले तुरुन्त भुक्तानी गर्न पाईरहेका छन् ।
अनलाईन सपिगं
पछिल्लो एक दशकमा अनलाईन सपिगं निकै तीव्र भएको छ । ग्रोसरी, ईलेक्ट्रोनिक सामान, खाना हुदै सुन सम्म पनि अनलाईन खरीद शुरु भएको छ । अमेजन, फ्लिपकार्ट, स्नैपडील र मिंत्राले रिटेल आउटलेट्समाथि निकै ठूलो असर पुर्याएको छ । अनलाईन सपिंगबाट खरीदमा सहजता र समयको बचत हुने भएकाले मानिस रमाईरहेको देखिन्छ ।
आर्टिफिसियल इंटेलिजेंस
गूगल, माइक्रोसफ्ट जस्ता कम्पनीले आर्र्र्टिफिसियल इंटेलिजेंस (एआई) आधारित आपरेटिंग सिस्टमका लागि काम गरीरहेको छ ।
एआई को सहयोगबाट हाम्रो जिन्दगीमा रोबोटिक्सको प्रयोग दिनानुदिन बढीरहेको छ । रेलवे टिकट बुकिंग, फिटनेस गजेटमा पनि यसको प्रयोग भईरहेको छ । यो भविष्यमा शेयर बजार र बिजनेस व्यवस्थापनमा पनि प्रयोग हुन सक्छ ।
सोसल नेटवर्क
फेसबुक,ट्वीटर,ह्वाटस्एप, भाईवर जस्ता सामाजिक सञ्जालको प्रयोग अधिक हुदै गएको छ । यसले मानिसहरुको कुरा गर्ने तरीकामा परिवर्तन ल्याएको छ । वी आर सोसलको एक रिपोर्ट अनुसार विश्वभर सोसल मिडिया प्रयोगकर्ताको संख्या १३ प्रतिशतले बढीरहेको छ । सामाजिक मिडियामा सबै भन्दा धेरै समय विताउनेमा फिलिपिन्स देखिएको छ । औसतमा दैनिक तीन घण्टा ५७ मिनट बिताउने गर्छन् त्याहाँका प्रयोगकर्ता । जापानमा यो औषत ४८ मिनट रहेको छ ।
ट्विटर, फेसबुक, इंस्टाग्राम, हेलो र शेयर च्याट दिनचर्या भएको छ भने टिकटक मोबाईल युजर्सका लागि एउटा फरक अनुभव लिएर आएको छ । मानिसलाई आपसमा जोड्न विकास भएको यो एप्सले देशको राजनीतिक एजेण्डाको पनि प्रभावित पार्न लागेको महसुस गर्न थालिएको छ ।
स्मार्ट टीवी र वेब सीरिज
यस दशकमा टिभीको प्रयोगको तरीकामा परिवर्तन भएको छ । एलईडि टिभी स्मार्ट टिभीको रुपमा काम गर्न लागिरहेको छ ।
अमेजÞन प्राइम, नेटफ्लिक्स र हट स्टारले टिभी हेर्ने प्उार्टनमा ठूलो परिवर्तन ल्याएका छन् ।
क्लाउड स्टोरेज र विग डाटा
पछिल्लो दशकमा क्लाउड स्टोेज आम बनेको छ । यो एउटा ड्राईभ , ड्रप बक्स , गुगल फोटोहरु र स्मार्ट फोनमा हुनु आम विषय भएको छ । कतिपय उद्योगहरुले क्लाउड कम्युटिगंको प्रयोग गर्दैछन् । यो दशकले क्लाउड कम्युटिगको शूरुवात गरिदिएको छ ।
अन्तरीक्षमा सफलता
यस दशकमा शक्तिशाली राष्ट्रहरुले अन्तरीक्षमा विभिन्न यान पठाएका छन् भने मंगल ग्रहमा पनि यान पठाईएको छ । चन्द्रमामा पानीको खोज र कपास उमार्ने काम समेत सफल भयो । विगतको तुलनामा यस दशकमा बढी स्याटेलाईट पठाईयो । अब सूर्ययान समेत पठाउने तयारी देशहरुले गरेका छन् । टिभीमा हेर्दै आएका मानिसले सजिलै अन्तरीक्षको यात्रा गर्न सफल हुदैजान थालेका छन् ।
रोबोटिक्स
उद्योग र बजारमा रोबर्टको प्रयोग बढेको छ । एडभान्स रोबोटिक्स र आर्टिफिसियल इंटेलिजेंसको सहयोगमा रोबर्टले थुप्रै मामलामा मान्छेको स्थान लिएको छ । रोबर्टको प्रयोग सुरक्षा, उद्धार र उत्पादनमा देखिएको छ । सोफिया नामको रोबर्टले बजारमा आउने वित्तिकै तहल्का मच्चाएको थियो । रोबर्ट अब घरेलु प्रयोगमा पनि आउन शुरु गरेको छ ।
घडी प्रिंटिंग
घडी प्रिंटिंग यस दशकको एउटा महत्वपूर्ण खोज हो । साउथ क्यालिफोर्निया विश्व विद्यालयकी बहनाज फराहीले घडी ड्रेस डिजाईन गरिन् जसले खतरा पत्ता लगाउन सक्छ र मौसम अनुसार काम गर्न सक्छ ।
क्रिप्टो मुद्रा
ब्ल्याक चेन र बिट कोइनको प्रयोग बढेको छ । प्राविधिक कम्पनीहरु क्रिप्टो करेन्सी प्रयोग गर्ने प्रयासमा रहेका छन् । यसले ब्ल्याक चेनको प्रविधिका आधारमा काम गर्दछ । बिट कोईनको माग बढीरहेको छ ।
गेटी ईमेज
पछिल्लो दश बर्षमा एलईडीको प्रयोग काफी बढेको छ । सिसीटिभी निगरानीको बिशाल माध्यम बन्दै गएको छ । किंडल र ईबुक्सले पढ्ने तरीका बदलेको छ । वैज्ञानिकहरुले यस आविष्कारहरुको सुरक्षा मजबुत गर्नु पर्ने अन्यथा खतरा पैदा हुन सक्ने चेतावनी दिएका छन् ।
–बिबिसीबाट