कोरोनाले दुनियाँलाई तसह नहस बनाउदै लगेको छ । आज सम्म ७१६० मानिसको ज्यान गईसकेको छ । एक लाख ८२ हजार भन्दा धेरै प्रभावित भएका छन् । दुनियाँभर ब्यापार, अर्थतन्त्र, रोजागारी संकटमा परेको छ कोरोनाले तर पोर्न स्टारहरु भने मालामाल भएको खबर सार्वजनिक भएको छ । कोरोनाले मानिसहरु प्राय घरमै आईसोलेसन या क्वारेन्टाईन बनाएर बसीरहेका छन् ।
न्यूयोर्क पोष्टमा छापिएको खबर अनुसार दुनियाभरका मानिसहरुलाई आईसोलेसन या घरैमा बस्नु परे पछि त्यसको फाईदा भने पोर्न स्टारहरुलाई पुगेको छ । ृउनीहरु जमेर कमाई गरीरहेका छन् । अमेरीकाको लस एन्जेल्समा रहने पोर्न स्टार केट केनेडीले बेलकेम बिजनेशका लागि राम्रो स्थिति भएको र करोडौं ग्राहकहरु घरमा बसिरहेको र उनीहरुको अरु काम नभएको बताईन् ।
केटले वेभकेममा आफूलाई हेर्नेलाई प्रति महिना १० डलर लिने गरेको बताईन् । पछिल्लो दिनहरुमा काम धेरै बढेको उनले बताईन् । उनको साप्ताहिक कमाई १०५० डलरबाट बढेर १७ सय डलर सम्म पुगेको छ । यद्यपि, कतिपय यौनकर्मीको भने कमाई घटेको छ । कोरोनाको डरले ग्राहकहरु उनीहरुसगँ नआए पछि कमाई घटेको छ । कतिपय पोर्न स्टार र यौनकर्मी बेरोजगार भएका छन् कोरोनाको संकट पछि ।
यस्तै एक पोर्न स्टार छिन् रुसकी ल्युबोब बुशुयेवा । उनले भने अनौठो अफर गरेकी छन् । उनले जसले पहिला कोरोना विरुद्धको भ्याक्सिन बनाउछ उसगँ आफू सुत्न तयार रहेको बताईन् । उनले भावुक भएर यो अफर गरिन् या गंभीर भएर त्यो भने एकीन गरेकी छैनन् ।
यस अघि चर्चित पोर्न वेभसाईट पोर्नहबले इटालीमा ३ अप्रील सम्मका लागि आफ्नो प्रिमियम सेवा निशुल्क गर्ने घोषणा गरेको थियो । यति सम्म कि पोर्न हबले आफ्नो आमदानीको निश्चित हिस्सा कोरोनासगँ जुध्नका लागि दिने समेत घोषणा गरेको छ । पोर्न हब २००७ मा शुरु भएको थियो र आज विश्वको सबै भन्दा ठूलो पोर्न वेभसाईट बनेको छ । पोर्न हबमा दैनिक ११ करोड ५० लाख मानिस आउदछन् । ईटाली विश्वमा सबै भन्दा धेरै पोर्न हेर्ने सातौ देशमा पर्दछ । पोर्न हबले रिलिज गरेको फेस मास्क लगाएर बनाएको पोर्न भिडियो निकै चलेको छ ।