फिडेल क्यास्ट्रो जसले सम्पूर्ण शिक्षा निशुल्क बनाए, कसरी ?

फिडेल क्यास्ट्रो जसले सम्पूर्ण शिक्षा निशुल्क बनाए, कसरी ?

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 37.2K
    SHARES

१६ औं शताव्दीबाट १९ औं शताव्दी सम्म क्युवा स्पेनको उपनिवेश थियो । यसका बीच पनि त्याहाँ १७२७ मै हवाना विश्व विद्यालय स्थापना भएको थियो । यो अमेरीकी महादेशकै सबै भन्दा पूरानो विश्व विद्यालय मध्यको एक हो । २० औं शताव्दीमा टेक्नुपूर्व अर्थात सन् १९०० मा क्युवाको साक्षरता दर ३६ प्रतिशत जति थियो । त्यतिखेर पनि निकै बिकसित राष्ट्रसगँ उसको शिक्षाको स्तरको तुलना हुन्थ्यो । नेपाल भन्दा सानो एक लाख १० हजार ८६० बर्ग किलो मिटर क्षेत्रफल रहेको क्युवामा जनसंख्या करीब डेढ करोड जति छ ।

सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्रान्ति गरेर कम्युनिष्ट सत्ता निर्माण गर्नु अघि १५ बर्षमाथिका २२ प्रतिशत मात्रै साक्षर थिए जब कि ६० प्रतिशत युवाहरु अर्ध साक्षर या कमजोर शिक्षाको भरमा थिए । तर क्यास्ट्रो सत्तामा आए पछि उनले सबै भन्दा पहिला शिक्षामा क्रान्ति शुरु गरे । सरकारले पुरै शिक्षालाई निशुल्क गर्यो । दुर्गम गाँउहरुमा पनि घर गाँउमै शिक्षकहरु पठाएर बालबालिकालाई शिक्षा दिन शुरु गरियो भने ८ सय १७ साक्षरता केन्द्रहरु खोलेर पुरै जनतालाई पढाउने व्यवस्था गरियो । साक्षरता अभियानै त्यस बेला शुरु भएको थियो । माक्र्सवादी सिद्धान्द अनुसार बनाईएको शैक्षिक पद्धतिले छोटो समयमै गुणात्मक परिवर्तन ल्यायो र सन् २००० सम्म आउदाँ ९७ प्रतिशत नागरिक शिक्षित बनाएको क्युवामा अहिले सत प्रतिशत महिला तथा पुरुष साक्षर तथा शिक्षित छन् । सन् १९६१ मा कम्युनिष्ट सरकारले त्याहाँका सबै निजी विश्व विद्यालय र स्कुलहरुलाई राष्ट्रियकरण गर्यो । सरकारको नीति के थियो भने सबै नागरिक शिक्षित भए भने समाज बलियो हुन्छ उनीहरुको सामाजिक सहभागीतामा बृद्धि हुन्छ । अर्कोतिर यसले गृहीणी र कृषिमा मात्रै निर्भर रहन बाध्य महिलाहरुलाई समेत सरकारी प्राथमिकता अनुसार शैक्षिक, राजनीतिक, आर्थिक सबै क्षेत्रमा प्रतिस्पर्धी ढंगले अगाडी आउन मद्धत पुर्यायो ।

सन् १९६१ मा कम्युनिष्ट सरकारले त्याहाँका सबै निजी विश्व विद्यालय र स्कुलहरुलाई राष्ट्रियकरण गर्यो ।दुर्गम गाँउहरुमा पनि घर गाँउमै शिक्षकहरु पठाएर बालबालिकालाई शिक्षा दिन शुरु गरियो भने ८ सय १७ साक्षरता केन्द्रहरु खोलेर पुरै जनतालाई पढाउने व्यवस्था गरियो । साक्षरता अभियानै त्यस बेला शुरु भएको थियो ।

सन् १९९० सोभियत संघको विघटन पछि क्युवाले त्याहाँबाट सहयोग पाउन कमी भयो भने अमेरीकाले नाकाबन्दी लगाएर देश पुरै आर्थिक संकटमा पर्यो त्यो बेला पनि क्यास्ट्रोले पैसाको अभावमा कुनै विद्यालय बन्द हुन दिएनन् , कुनै विश्व विद्यालय बन्द हुन दिएनन् र कुनै पनि शैक्षिक कार्यक्रम स्थगित हुन दिएनन् । बरु अन्य राष्ट्रसगँ क्रृण लिएर भए पनि शिक्षामा जनताका लागि निरन्तर लगानी गरिरहे ।

Image result for university of hawana quba हवाना विश्व विद्यालय, जहाँ ससारका १० हजार बढी विद्यार्थी पढ्न त्याहाँ पुग्दछन् । 

यसरी शिक्षामा निजी लगानी वा व्यापारको अन्त्य गरिदिएको क्युवाको उत्पादन कस्तो छ त भन्ने उदाहरणका लागि हेर्ने हो भने सन् १९९८ मा युनेस्कोले दिएको प्रतिवेदन अनुसार पनि क्युवाको तेस्रो या चौथो ग्रेडका बिद्यार्थीले पनि अन्य देशका बिद्यार्थीको तुलनामा उत्कृष्ट नतिजा निकालेका थिए । क्युवाको शिक्षा पद्धतिबाट ल्याटीन अमेरीकी मुलुकहरु, युरोपेली युनियन भित्रका बेलायत र अन्य केही मुलुक, क्यारेबियन मुलुकहरुले निकै पटक भ्रमण गरेर बुझेर केही कार्यक्रम अनुशरण गर्न खोजेको देखिन्छ । सानो देश क्युवामाको राजधानीमा रहेको हवाना विश्व विद्यालयमा मात्रै बर्षेनी ३ देखि ४ हजार बिद्यार्थीहरु मेडिकल शिक्षा अध्ययन गरीरहेका छन् । अरु विश्व विद्यालयमा गरेर बर्षेनी करीब संसारभरबाट १० हजार बढी विद्यार्थीहरु क्युवामा अध्ययन गर्न जाने गरेका छन् ।
प्रशिद्ध शिक्षाविद पाउलो फ्रेरेले क्युवाको शिक्षा प्रणालीलाई २० औं शताव्दीको महान घटनाको उपमा दिएका छन् । सबै नागरिकलाई साक्षर बनाउन स्वयसेवी लाखौ शिक्षकहरु तयार पारेर उनले गाँउ गाँउमा पठाएका थिए ।
शुरुमा साक्षर बनाउने कुरामा जोड दिईएको क्युवाली शिक्षा प्रणालीले पछि व्यहारीक, वैज्ञानिक र गुणस्तरमा जोड दिदै भविष्य सम्मको योजनाका साथ चे ग्वेभाराले सुझाव दिए जस्तो नयाँ मान्छे निर्माण गर्ने अभियान बनाएर अनुसासन, सहकार्य, त्याग, राष्ट्रवाद जस्ता कुरा लागू गरेर लगियो । यही शिक्षा पद्धतिले विकास गरेको आजको क्युवाली समाज सहिष्णु, दक्ष, बौद्धिक र स्वाभिमानी देखिन्छ । जसमा कुनै पनि नागरिक शिक्षाबाट बञ्चित हुनु पर्दैन र कसैले पनि पढ्नका लागि पैसा खर्च गर्नु पर्दैन । त्यसैले त यो विश्वकै नमुना राष्ट्रको रुपमा उभिएको देखिन्छ । कम बाल मृत्युदर, कम बेरोजगार दर, जातिय सद्भाव, सामाजिक सेवा र राष्ट्र सेवामा नागरिकको भूमिका उत्कृष्ट देखिन्छ क्युवामा । यी सबैको जननी भनेको त्याहाँ क्यास्ट्रोले शुरु गरेको शैक्षिक अभियान र नीतिको फल हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी