कोरोना संक्रमित गर्भवती महिलाबाट नवजात शिसुमा नसर्ने वैज्ञानिकको दाबी

कोरोना संक्रमित गर्भवती महिलाबाट नवजात शिसुमा नसर्ने वैज्ञानिकको दाबी

  • मङ्लबार, चैत्र ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कोरोना संक्रमणबाट पीडित गर्भवती महिलाबाट उसको बच्चामा भाईरस नपुग्ने वैज्ञानिहरुले दावी गरेका छन् । चीनीया शोधकर्ताहरुले जर्नल फ्रन्टियर्स ईन पिडियाट्रिक्समा प्रकाशित गरेको रिपोर्ट अनुसार चीनमै कोरोना प्रभावित गर्भवती महिलाहरुमा गरिएको अनसुन्धान पछि त्यस्तो दावी गरेका हुन् ।
शोधकर्ताहरुले चार जना पीडित गर्भवती मिलाहरु जो भाईरससगँ जुधिरहेका थिए उनीहरुमाथि अनुसन्धान गरेको हो । ती महिलाहरुबाट जन्मिएको बच्चामा कोरोना देखिएको थिएन । बच्चाहरुलाई जन्मनासाथ नियोनेटल युनिटमा राखेर अनुसन्धान गर्दा ज्वरो,खोकी जस्ता लक्षणहरु केही पनि देखा परेन ।
चार बच्चा मध्य एक जनामा सास फेर्न केही समस्या भएको देखिएको थियो । जसका उपचार कुनै सर्जरी विनै गरियो । नवजातमा देखिने यस्ता सामान्य लक्षणहरु कोरोना नभएको उनीहरुले निष्कर्ष निकाले । अहिले ती सुत्केरी महिलाहरु र बच्चाहरु पूर्ण श्वस्थ रहेका छन् ।
शोधकर्ता डा. येलेन लिउले नवजातलाई संक्रमणबाट बचाउन सिजेरियन डेलिवरी उत्तम विकल्प हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी