इन्डक्सन चुलोको माग बढ्यो

इन्डक्सन चुलोको माग बढ्यो

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

कोरोना भाइरस ९कोभिड–१९० का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ग्यासको विकल्पका रुपमा रहेको चुलोको माग बढेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् । कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा घुम्ती बिक्री केन्द्रमा चुलो बेच्ने गरेको छ ।

“पहिलेभन्दा कोरोनाको हल्लाले ग्यास नपाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्”, उहाँले भन्नुभयो, “दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।” भूकम्पका बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको चुलो अहिले पनि सङ्कटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो ।

भूकम्प र भारतीय नाकाबन्दीमा बिक्री भएको चुलो त्यस यता त्यति बिक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य रु चार हजार पर्छ । पहिले चुलोको मूल्य रु ११ हजार तोकिए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर रु चार हजार कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिनुभयो ।

चुलोमा आवश्यकताअनुसार २०० वाटदेखि एक हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ । चुलोसँगै एउटा कराही पनि सित्तैमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी