हार्नेलाई भाले, जित्नेलाई पोथी उपहार !

हार्नेलाई भाले, जित्नेलाई पोथी उपहार !

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

सुन्दै अचम्म ! खेल हार्नेलाई चाहिँ भाले कुखुरा तर जित्नेलाई चाहिँ पोथी । भयो त्यस्तै । बिहीबार पत्रकार र आयोजक समूहबीच भएको मैत्रीपूर्ण फुटबल खेलका विजेता र उपविजेतालाई पुरस्कार यस्तो घोषणा गरिएको हो ।झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकप सञ्चानल भइरहेको छ । शुक्रबार फाइनल खेल हुँदैछ । यसै मेसोमा आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठान र अर्जुनधारा प्रेस क्लबबीच मैत्रीपूर्ण खेल भयो ।
खेलमा आयोजकले ४–२ गोलअन्तरले अर्जुनधारा प्रेस क्लबलाई पराजित गरेर कुखुराको पोथी जितेको छ भने पराजित प्रेस क्लबले भाले । खेलको सुरुवाती गोल प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले गरे । पहिलो गोलकर्ताको रुपमा उनले नगद १ हजार पाए । उनको भागमा ३ वटा अण्डा पनि परेको छ ।आयोजकको नियमअनुसार नियमविपरीत खेल्ने खेलाडीलाई एउटा अकबरे खोर्सानी थियो । जसमा आयोजकका पुष्प तिवारीले पहेँलो कार्ड पाएपछि उनकै नाममा रह्यो । त्यो पुरस्कार अरूलाइ जान दिएनन् सुखानी पार्कका व्यवस्थापक तिवारीले ।
त्यस्तै, खेल अवधिमा कम बल छुने आयोजककी पार्वती राजवंशीले ३ वटा अण्डा बुक गरे पुरस्कार सुरक्षित गरिन् भने म्यान अफ दी म्याच आयोजककै टेकराज लिम्बूले ७ वटा अण्डामा चित्त बुझाए ।त्यस्तै, बेस्ट किप्पर प्रेस क्लबका दिपेश पनेरु र बेस्ट कोच प्रेस क्लबकै रमेश समदर्शीको भागमा ७–७ वटा अण्डा परेको छ ।१ नम्बर प्रदेश सांसद अर्जुन राईको उपस्थितिमा भएको खेलमा आयोजकका तर्फबाट बुद्धिमान लिम्बू, टेकराज तिलिङ, पदमलाल राई र किर्तन राईले गोल गरेका थिए भने प्रेस क्लबका तर्फबाट कुमार भट्टराई र दिपेन दनुवारले मात्र गोल गरे ।
प्रेस क्लबका तर्फबाट ११ जनामात्र खेलाडीहुँदा आयोजकका तर्फबाट चट्टी दिएर खेलाडी परिवर्तन गर्दै सबैले खेलको आनन्द लिए । आयोजकका तर्फबाट प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराई, महासचिव हर्कराज राईलगायतले पनि स्पर्धा गरेका थिए ।आयोजकका तर्फबाट महिला खेलाडी अस्मिता नेपाल र पार्वती राजवंशी पनि थिए । दुई टिमको खेल हेरेर दर्शकले पेट मिचिमिचि भरपूर मनोरञ्जन लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी