नमस्ते प्रायः नेपाल, भारत लगायतका मुलुकमा सम्मान र आदर गर्ने संस्कार छ । तर अहिले विश्वभर कोरोना फैलिए पछि कतै कुहिना ठोक्काउने, खुट्टा ठोकाएर आदर आदान प्रदान गर्ने गरिएको देखिए पनि नमस्ते संस्कृति बढेको छ । हात, मिलाउने , अंगालो मार्ने ( हग ) गर्ने संस्कृतिबाट कोरोनाले गर्दा पश्चिमाहरु समेत नमस्तेमा आएको देख्न थालिएको छ ।
हात मिलाउदा कोरोना फैलन सक्छ भन्ने त्रासका कारण नमस्ते गर्ने चलन अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत शुरु गरेका छन् । उनले आयरल्याण्डका प्रधानमन्त्री लियो बराडकरलाई अमेरीकी यात्रामा आएका बेला ह्वाईटहाउसमा टम्पले नमस्ते गरेर स्वागत गरेको तस्वीर सार्वजनिक भएको छ ।
केही समय अघि उनलाई भारतमा आएका बेला नमस्ते ट्रम्प कार्यक्रम नै राखेर सम्मान गरिएको थियो ।
नमस्ते संस्कृति आदि कालदेखि नै चलिआएको संस्कृति हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline