उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

  • बिहिबार, फाल्गुन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

विराटनगर २९ फागुण । मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अगाडी सारेको छ ।
विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गरिने भएको हो ।
सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपिँयादेखि १० लाख रुपिँयासम्मको कर्जा उपलब्ध गराईने अध्यक्ष सम्भुप्रसाद रौनियारले जानकारी दिनुभयो । कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौता गरिएको हो ।
कर्जा लिन चाहने महिला उद्यमीहरुले सहकारीमार्फत आफ्नो कागजात पेश गर्नेछन् । सहकारीले सिफारिस गरेका उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउने छ, अध्यक्ष रौनियारले भन्नुभयो–महिला उद्यमीका लागि सहकारी बैंक ग्यारेन्टीको रुपमा जिम्मेवार बन्छ ।
कर्जा लिनका लागि व्यवसाय दर्ता र पान नम्बरसहित आफ्नो कागजात पेश गरेपछि सहकारीले बैंकमा सिफारिस गर्नेछ । उद्यमीले एकलाखदेखि १० लाख रुपिँयासम्म कर्जा लिएर चारवर्षसम्मको अवधीमा भुक्तानी गर्नसक्ने प्रावधान राखिएको छ । यसरी भुक्तानी समय किटान गरिएको अवधी भित्रै ऋण तिर्ने उद्यमीलाई ४ प्रतिशत मात्रै ब्याजदर तोकिएको अध्यक्ष रौनियारले दावी गर्नुभयो ।
नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँच बाहिर रहेका ग्रामिण क्षेत्रका नागरिकलाई बैंकसम्म ल्याउनका लागि सहकारीसँगको सहकार्यमा कर्जा प्रवाह गर्न लागिएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका विपन्न महिलाहरु लक्षित यो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकको परिपत्रका आधारमा अगाडी सारिएको दावी गर्नुभयो ।
मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा छ हजार १२५ जना शेयर सदस्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी