उखु किसानले पाए २५ करोड

उखु किसानले पाए २५ करोड

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

फाल्गुन २७, विराटनगर ।   सुनसरीको बर्जुस्थित इस्टर्न सुगर मिलले किसानलाई यसपालिको उखुको २५ करोड रुपैयाँ भुक्तानी गरेको छ । मिलले सोमबारसम्म करिब १२ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।

‘यस वर्षको क्रसिङ सकिन लागेको छ,’मिलका नायब महाप्रबन्धक कृष्ण गौतमले भने,‘यसपालि क्रसिङ सकेको दुई साताभित्र किसानको सबै रकम भुक्तानी गर्ने तयारी छ।’

मिलले प्रतिक्‍विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसाका दरले भुक्तानी दिएको हो। दुई साताअघि क्रसिङ गरिएको उखुको भुक्तानी सबै गरिएको र बाँकी उखुको पनि क्रसिङ गरेको दुई सातापछि सबै रकम भुक्तानी गरिने गौतमले जानकारी दिए। यसबाहेक सरकारले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिनेछ।

मिलले गत वर्ष १२ लाख ८७ हजार क्विन्टल उखु क्रसिङ गरेर किसानलाई असारमा एकमुष्ट ५२ करोड ३९ लाख ५६ हजार रुपैयाँ भुक्तानी दिएको थियो। सरकारले गत वर्षको अनुदान रकम भर्खरै दिएको कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए।

सरकारले गत वर्ष यो मिलका किसानलाई ७ करोड ४८ लाख ३९ हजार रुपैयाँ अनुदान दिनुपर्नेमा २ करोड ३३ लाख ८४ हजार बाँकी राखेको थियो। उक्त रकम एक साताअघि सरकारले निकासा गरेको छ।
कान्तिपुरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी