फलफूलमा लागेको डढुवा र हुरीबतासले किसान चिन्तित

फलफूलमा लागेको डढुवा र हुरीबतासले किसान चिन्तित

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कुसमयको हुरीबतास र मधुवा डढुवा समस्या बढेपछि यहाँका फलपूल किसान चिन्तित भएका छन् । आँपको फूलमा मधुवा बढेपछि दुःखित बनेका यहाँका किसान कुसयममा हुरीबतास आएपछि थप पीडामा परेका हुन् ।
“अहिले आँप, लिचीसहितका फलका मज्जर कलिला छन्, सानोतिनो हुरीले नै झारी दिन्छ”, महोत्तरीको जलेश्वर नगरपालिकाको पिगौना बस्तीका ७५ वर्षीय फलपूmल किसान महेन्द्र साहले भन्नुभयो, “पानी पर्नेसम्म त स्वभाविकै हो, तर फागुनमै हुरीबतास त।।।१ के हुन आँटेको बुझ्नै सकिएन ।” यहाँ गत शुक्रबार र शनिबारको हुरीबतासले धेरै ठाउँमा आँप, लिचीका मज्जर झारेको थियो ।
लहलहाएकै बेला आएको हुरीबतासले लहरे तरकारीलाई समेत नोक्सानि गरेको छ । पानीमात्र पर्दा फलपूmल र तरकारीलाई फाइदा नै भए पनि हुरीबतास आएपछि मज्जर र टिकोला झार्ने भएकाले किसानको चिन्ता बढेको हो ।
मधेशमा सामान्यतया चैत मध्यपछि हुरीबतासको मौसम मानिन्छ । चैत मध्यपछि मज्जर छिप्पिएर टिकोला ९चिचिला० लाग्न थालेपछि सामान्य हावाहुरी खेप्नसक्ने हुँदा कम क्षति हुने किसान बताउँछन् । तर फागुनमै हावाहुरी चल्न लाग्दा कलिला मज्जर बग्रेल्ती झरेको बर्दिवास नगरपालिका–१२ का किसान खडानन्द सिंह बताउनुहुन्छ ।
आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी मज्जर खेलेको देख्दा दङ्ग परेका जिल्लाको भङगाहा नगरपालिका–४ का गङ्गाराम महतो अहिले मधुवा बढेपछि पिरोलिनुभएको छ । जिल्लाको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत साताको हावाहुरीले मज्जर झारेको छ । मधुवा नियन्त्रण गर्न धौधौ परेको बर्दिवास–९ पशुपतिनगरका फलपूmल किसान जवाहर महतो बताउनुहुन्छ ।
त्यसैगरी बर्दिवास–९ कै जवाहरकै छिमेकी ब्रह्मदेव महतोको बगैँचामा विभिन्न जातका गरी ५० आँपका रुख छन् । यसपालि पहेँलपुर मज्जरले ढाकेका आँपका बोटमा अहिले चिचिला खेल्ने बेलामा मधुवा लागेपछि मञ्जरी डढेर कालो भएको महतोले बिरक्तिँदै बताउनुभयो । “आँपमा मज्जाले मज्जर खेलेको थियो, यसपालिचाहिँ आँप फल्ने भो भन्ने आस थियो”, उहाँले भन्नुभयो, “सारा आसमा पानी फेरियो, मज्जर मधुवाले डढाएर सखाप १ अनि हावाहुरी पनि फागुनमै, अब यसपालि आँपबाट उत्पादन लिने आस म¥योे ।”
जिल्लाका आँपखेती सघन गरिने बर्दिवास नगरपालिकाको वडा नं ४ र ५ को माइस्थान, वडा नं १० र ११ को खयरमारा, वडा नं १२ र १३ को बिजलपुरा, गौशाला नपाको लक्ष्मीनियाँ, भरतपुर, बेलगाछी र भाण्टाबारीमा पनि मधुवाको समस्या बढेको जनाइएको छ । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो”, खयरमाराका किसान रामपुकार यादवले भन्नुभयो, “अहिले त विषादी पनि कतिपटक छरिसकियो, त्यही पनि मधुवा पूरै नियन्त्रण भएन, तर फलपूmलविज्ञको सल्लाहमा तीनपटक उपचार गरेपछि मत्थर भने भएको छ, तर मधवाले डढाएको मज्जर भने बौरिएन ।”

बर्दिवासको खयरमारा र माइस्थानका किसानको मुख्य खेती नै फलपूmल रहँदै आएको छ । फलपूmलमा पनि आँप नै मुख्य भएको बर्दिवास–५ माइस्थानका वडाध्यक्षसमेत रहनुभएका दलबहादुर थापामगर बताउनुहुन्छ । मज्जर लाग्नासाथ मधुवाले गाँजेपछि यसपालि आँपको उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँछन्”, महोत्तरीको बर्दिवास–२ का वडाध्यक्ष चोलाराज प्याकुरेलले भन्नुभयो, “यसपालि भने हावाहुरी र मधुवाले उत्पादन घटाउने लक्षण देखाएको छ, उत्पादन कम भएपछि मूल्य आकासिने भएपछि गरिब उपभोक्ताले आँप खान पाउने छैनन् ।”

मधुवाको प्रकोप रोक्न रोग नलागेका रुखमा सघन उपचार बढाउनुपर्ने भङ्गाहा–६ का फलपूmलविज्ञ जासर यादव बताउनुहुन्छ । उहाँले अहिले मधुवाको प्रकोप नै नभई समस्या मात्र भएको जानकारी दिनुभयो ।
जिल्लामा सात हजार हेक्टर जग्गामा व्यावसायिकरूपमै आँपखेती रहेको स्थानीय तहका कृषि शाखाको अभिलेखले देखाउँछ । पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलपूmल लगाउने क्रम बढ्दै गएको पुराना फलपूmल किसान रहनुभएका गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी