यस्तो देखियाे जीउदाेँ कोरोनाको तस्बिर

यस्तो देखियाे जीउदाेँ कोरोनाको तस्बिर

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चीनका वैज्ञानिकहरुले कोरोना भाईरसको असल स्वरुप पत्ता लगाउन सफल भएका छन् । माईक्रो टेलिस्कप प्रविधिको माध्यमबाट कोरोनाको बास्तविक तस्वीर , कुनै पनि मानव शरीरको कोशिकामा संक्रमण भए पछि कोशिकाको स्थिति कस्तो हुन्छ भनेर पनि पत्ता लागेको वैज्ञानिकहरुको दाबी छ । उनीहरुले त्यसको चित्र सार्वजनिक समेत गरेका छन् ।

यो सगैँ अब यसलाई सामना गर्ने उपाय छिटो पत्ता लाग्ने वैज्ञानिहरुको अनुमान छ । डेली मेलमा लेखिएको खबर अनुसार दक्षीणी चीनको सेन्जेन शहरका अनुसन्धानकर्ताहरुले फ्रोजेन ईलेक्ट्रोनिक माईक्रोसप एनालिसिस टेक्नोलोजीको सहायता जिउदो कोरोनाको तस्वीर खिच्न सफल भएका हुन् ।

यसै प्रविधिले भाईरसको जैबिक नमुना सुरक्षित गर्न सफल भएका छन् । यसबाट यो जिउदो हुदाँ कस्तो थियो भनेर विष्लेषण गरिने र सबै भन्दा विस्वसनीय परिणाम हुने जनाईएको छ ।

रिसर्च टिमका सदस्य असोसिएट प्रोफेसर लिउ चुआङले आफूहरुले देखेको भाईरसको नमुना जिउदो भाईरस जस्तै भएको बताए । सेनजेन नेस्नल क्लिनिकल मेडिकल रिसर्च सेन्टर र साउदर्न युनिभर्सीटी अफ् साईन्स एण्ड टेक्नोलोजीको सयुक्त टिमले भाईरसले शरीरको कोशिकामा प्रवेश गरे पछि कस्तो बदलाव आउछ भनेर समेत तस्वीर लिएको छ ।

लि चुआङका अनुसार यो तस्वीरको वैज्ञानिक महत्व छ । जनवरी २७ मा एक जना कोरोना संक्रमित बिरामीको शरीरबाट कोरोनालाई अलग गरेर तीव्र गतिमा प्रविधिको माध्यमबाट जिनोम सिक्वेन्सीङ गरिएको हो । bioRxiv  जर्नलमा प्रकाशित समाचारलाइ उदृत गर्दै डेलीमेलले लेखेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी