जब आमा छोरीको बिहे भयो…

जब आमा छोरीको बिहे भयो…

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो।
सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरिन्।

सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो। तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु पनि थियो। उनीहरूको कथामा आमाछोरीको सम्बन्ध र विवाहको कुरा पनि छ।

लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानुनहरू थिए। क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानुन पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो। बीबीसी विश्व सेवाको रेडिओ कार्यक्रम आउटलुकलाई लिलियनले भनिन्, हामी देशका लगभग सबै क्षेत्रमा अपराधी मानिन्थ्यौँ। अधिकांश समलिङ्गी महिला लुकेर बस्थे।

सामान्य जीवन
यद्यपि उनीहरू एउटा परिवार चाहन्थे। कानुनी द्विविधाका बीच उनीहरूले एउटा असामान्य समाधान निकाले। त्यस बेला झन्डै ५० वर्ष पुगेकी फिलिसले ३० वर्षजति पुगेकी आफ्नी समलिङ्गी साथीलाई कानुनी रूपमा धर्मपुत्री बनाइन्। त्यसले एउटा असामान्य स्थिति उत्पन्न गरायो।

सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरे र जीवनसाथी बने। लिलिअन हाँस्दै भन्छिन्, मलाई लाग्छ पृथ्वीमा अरू कोही पनि जोडीका तुलनामा हाम्रा कानुनी सम्बन्ध धेरै होलान्।

समलिङ्गी महिलाहरू

सुटुक्क सम्बन्ध

उनीहरूले भेटघाट गर्न थाल्दा उनीहरूले समलिङ्गीका रूपमा आफ्नो परिचय खुलाएका थिएनन्। फिलिस भन्छिन्, ूत्यस बेला हामीलाई थाहा थियो कि हामी मौन बस्नुपर्छ र आफ्नो जीवन व्यतीत गर्नुपर्छ। तर चाँडै नै विश्वविद्यालयका सहकर्मीहरूले दुई जनाबीच सम्बन्ध भएको शङ्का गरे। लिलिअन भन्छिन्, उनीहरू हामीलाई ुफिलियन र लिलिसु भन्थे किनकि हामी सधैँ सँगै हुन्थ्यौँ।

जब मैले महिला समलैङ्गिकताको इतिहासबारे किताब लेख्न सुरु गरेँ त्यसपछि सबैलाई थाहा भयो कि हामी साथी समलिङ्गी साथी हौँ।

समलिङ्गी महिलाहरू

मातृत्व
सन् १९७४ मा दुवै जनाले बच्चा जन्माउने निर्णय गरे। फिलिसभन्दा ११ वर्ष कान्छी लिलिअन प्रजनन क्लिनिक गइन्।

त्यस बेला विशेषतस् एकल भनेर चिनिएका महिलाका लागि कृत्रिम गर्भाधारण गराउनु असामान्य कुरा थियो। तर लिलिअनले चिकित्सकलाई सहयोग गर्न राजी गराइन्।

त्यस बेलाको कुरा स्मरण गर्दै उनी भन्छिन्, ूडाक्टरले मलाई यदि बच्चा चाहन्छ्यौ भने किन विवाह नगरेको भनेर सोधेका थिए। मैले भनेँ, म ३४ वर्षकी भएँ र म विश्वविद्यालयको प्राज्ञिक मामिलासम्बन्धी द्वितीय उपाध्यक्ष छु। धेरै पुरुषका लागि यो कुरा समस्या हुन सक्छ। त्यसपछि चिकित्सकले कृत्रिम गर्भाधान गराए। त्यो सफल भयो।

तीन जनाको परिवार
सन् १९७५ मा लिलिअनले एउटा छोरा जन्माइन्। उनको नाम एभ्रम राखियो। उनी ती समलिङ्गी जोडीका एक्ला सन्तान हुन्। चाँडै नै उनीहरूले आफ्नो सम्बन्धको कानुनी सीमाबारे बुझे।

लिलिअन भन्छिन्, ूहामीबीच कुनै पनि कानुनी सम्बन्ध छैन भनेर हामी चिन्तित थियौँ।ू

ूसबैभन्दा बढी चिन्ता केको थियो भने यदि एभ्रम बिरामी पर्‍यो तथा उसलाई फिलिसले अस्पताल लिएर जानुपर्‍यो भने उनी कानुनी रूपमा उसको अभिभावक थिइनन्।ू

लिलिअन भन्छिन्, तर मलाई केही भइहाल्यो भने बच्चामाथि उनको कुनै कानुनी अधिकार हुँदैन भनेर मलाई बढी चिन्ता परेको थियो। त्यस बेला समलैङ्गिक जोडीसँग कृत्रिम गर्भधारण गराउने वा धर्मसन्तान राख्ने अधिकार पनि थिएन।

आमा र छोरी
फेरि उनीहरूले क्यालिफोर्नियाको एउटा कानुनबाट फाइदा लिने निर्णय गरे। उक्त कानुनअनुसार १० वर्ष उमेर अन्तर भएका एक वयस्कले अर्को वयस्कलाई धर्मपुत्र वा पुत्रीका रूपमा अपनाउन सक्थे।

त्यसपछि फिलिस कानुनी रूपमा एभ्रमकी हजुरआमा बनिन्। दुवै जनाले यो निर्णय लिन विलम्ब गरेनन्।

फिलिस भन्छिन्, मैले त्यसलाई एभ्रमसँग कानुनी सम्बन्ध स्थापित गर्ने बाटोका रूपमा हेरेँ।

उनी बीबीसीसँगको कुराकानीमा ठट्टा गर्दै भनिन्, ूहामीबीच ुहाडनाताु सम्बन्ध थियो।

लिलिअन त्यस कुरालाई थप गभ्मीर रूपमा वर्णन गर्छिन्, ूहामीले यसलाई कहिल्यै पनि अनौठो मानेनौँ किनकि हामीले कहिल्यै पनि एकअर्कालाई आमा र छोरीका रूपमा हेरेनौँ। हामीले कानुनको उपयोग गर्न मात्र त्यसो गरेका थियौँ।

तर यी दुई महिलाले यो काल्पनिक सम्बन्धको प्रयोग कानुनी आवश्यकताभन्दा अघि बढेर पनि गरे। लिलिअन भन्छिन्, ूएभ्रम त्यस बेला जम्मिएको थियो जुन बेला समलिङ्गीहरूको परिवारका यस्ता धेरै बच्चा थिएनन्। तर ऊ फिलिस आफ्नी हजुरआमा हुन् भनेर सजिलै चिनाउन सक्थ्यो। त्यसो गर्न एभ्रमका लागि सहज थियो। तर उसलाई फिलिस उसकी दोस्री आमा भनेर उसलाई राम्ररी थाहा थियो।

उनी जहिले पनि ुफिलिस आमाु भनेर नै बोलाउँथे। पैँतालीस वर्षीय एभ्रम अहिले पनि फिलिसलाई त्यसैगरी सम्बोधन गर्छन्। सन् २००८ मा जब क्यालिफोर्नियामा समलैङ्गिक विवाहलाई वैधानिकता दिन कानुन पारित भएको भोलिपल्टै लिलिअन र फिलिसले विवाह गरे।

तर धर्मपुत्रीको सम्बन्ध विधिवत् भङ्ग भएको थिएन। त्यसैले उनीहरू आमा र छोरीको सम्बन्ध कायम भएको भए पनि बने।

लिलिअन भन्छिन्, धर्मपुत्री बन्नु विशुद्ध कानुनी कुरा थियो। त्यसैले हामीले त्यसबारे धेरै सोचेनौँ।

फेरि हैरानी 
तर धर्मसम्बन्धको कानुनी प्रक्रिया रद्द नगर्दा उनीहरूको विवाहले कानुनी मान्यता नपाउने उनीहरूले थाहा पाए। उक्त प्रक्रियालाई रद्द नगरी अमेरिकाका अन्य राज्यमा गए पनि कानुनी कारबाही पनि हुन सक्थ्यो।

सन् २०१५ मा अमेरिकाको सबै राज्यमा समलैङ्गिक विवाहलाई वैधानिकता दिइयो। त्यसपछि एक वकिलले उनीहरूलाई धर्मपुत्रीका बनाउँदा अवलम्बन गरिएको कानुनी प्रक्रिया रद्द गरेर फेर विवाह गर्न सल्लाह दिए।

फिलिसले लिलिअनसँग पुरानो सम्बन्ध रद्द गरेपछि एवरोमलाई आफू उनको छोरा नभएको जस्तो लाग्यो। फिलिसलाई उनले आफूलाई छोराका रूपमा अपनाउन आग्रह गरे।

फिलिसले कानुनी रूपमै एभ्रमलाई धर्मपुत्र बनाएपछि परिवारमा रोमाञ्चक क्षण देखियो।

पत्नी र छोरासहित एभ्रम दुई आमाको परिवारमा सम्मिलित भए। फिलिस भन्छिन्, ूयो एकदमै विशेष थियो। किनकि त्यो छोरा जसलाई मैले पालेकी थिएँ, सानैदेखि खेलाएकी थिएँ उसलाई म गर्भमा हुँदै कानुनी आमाका रूपमा अपनाउन चाहन्थेँ। अन्ततस् कैयौँ कानुनी उतारचढावपश्चात् यो विशेष परिवारलाई त्यो दर्जा मिल्यो जुन उनीहरू सधैँ चाहन्थे।

-बिबिसीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी