अधिकाशं मान्छे रोजगारीबाट चिन्तित् हुन्छन् । के गर्ने कसरी खाने कमजोर आय भएका मान्छेहरुको आम समस्या हो । मान्छेले जीवन यापनका लागि अनेकौं खालका श्रम गर्दछन् ।
तर भारतका गणेशन नामका एक ६५ बर्षे बृद्ध रेल स्टेशनमा बसेर ४० वर्षदेखि रेलको लिकमा मरेका मान्छेहरुको लाश उठाउने काम गर्दै आएका छन् । भारतको ईरोड रेलवे स्टेसनमा रहने उनले दिनहुँ जसो लाश उठाउने काम गर्दे आएकाले उनलाई पुलिस, पसले,रिक्सा चालक र रेल स्टेसनका कर्मचारी दादा भनेर बोलाउछन् ।
तामिलनाडुको चिरुचिरापल्लीका उनले नोकरीको लागि शहर डुलेको, मजदुरी गरेको र पनि खाने पैसाको अभाव भए पछि एक प्रहरी अफिसरले यो कामको अफर गरे पछि आफूले स्वीकारेर आएको बताए ।
जब रेलको लिकमा दुर्घटना या कुनै कारणले शब फेला पर्छ तब तुरुन्त गणेशनलाई फोन आउछ र उनी दौडि हाल्छन् । आज ईन्डियन एक्सप्रेसले समाचार लेखेको छ ।
मरेको लाश काधमा हालेर ४ किलो मिटर सम्म रेलको ट्रयाकमा हिड्ने गर्दछन् उनी । एक बर्षमा २ सय वटा सम्म लाश बोकेका छन् उनले । पहिला एम्बुलेन्स नुहँदा मरेको लाशलाई पोष्टमार्टमका लागि अस्पतालसम्म पुर्याउने काम त्यस स्टेसनमा उनैले गर्दै आएको अनुभव उनको छ ।
बाबु आमा सानैमा बितेको र एउटा बहीनी पनि विवाह गरेर हिडे पछि उनका भान्जाहरुले उनको जमिन पनि खाईदिए । त्यसैले उनले अहिले सम्म बिबाह गरेका छैनन् तर दुखी छैनन् । म मेरो शास हुन्जेल लाश उठाउने काम गर्छु , जुन दिन म मर्नेछु त्यो दिन मेरो लाश अरु कसैले उठाउने छ । गणेशनले भने ।