कोरोना भाईरस पत्ता लगाउन फायरटाईनस एआईको आविष्कार,जसलेएक सेकेण्ड भित्रै रिपोर्ट दिन्छ

कोरोना भाईरस पत्ता लगाउन फायरटाईनस एआईको आविष्कार,जसलेएक सेकेण्ड भित्रै रिपोर्ट दिन्छ

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी फागुण २१ । डिसेम्बर ३१ बाट देखा परेको हजारौको ज्यान लिएको र विश्वभर करीब एक लाख मानिस संक्रमित भईसकेको कोरोना भाईरसको अहिले सम्म उपचार निश्चित भएको छैन । भलै विश्वभरका बैज्ञानिकहरुले नयाँ नयाँ अनुसन्धानहरु गरिरहेका छन् उपचार तथा भ्याक्सिनका लागि ।
तर कोरोनाका विरामी भए नभएको तुरुन्तै पत्ता लगाउन मिसिगन र क्याम्ब्रिज बिश्व विद्यालयका बैज्ञानिकहरुले नयाँ प्रविधि आर्टिफिसियल ईन्टेलिजेन्स ( एआई ) को आविष्कार गरेका छन् । यो प्रविधि चीनका विभिन्न शहरहरुमा ईन्सटल भईरहेको जनाईएको छ ।
फायरटाईनस नाम दिईएको यस प्रविधिले कुनै पनि ईलाकामा संभावित कोरोना संक्रमितका बारेमा शुरुमै जानकारी दिन्छ । शरीरको अधिक तापक्रमका आधारमा यसले पत्ता लगाउने छ कोरोना । शुरुमै पत्ता लागेमा उसबाट अरुमा संक्रमण नभई तत्कालै अस्पताल पुर्याउन सकिन्छ ।
यो फायरटाईनसले एक हजार बर्ग फिट भित्र एक हजार मान्छेको तापक्रम निगरानी गर्दछ । यस प्रविधिमा ईन्टिग्रेटेड क्यामेरा प्रणाली,टेम्परेचर सेन्सर,न्युरल नेटवर्क सिस्टमको प्रयोग भएको छ ।
चीनको स्कुल, अस्पतालहरुमा यो प्रविधि धमाधम ईन्स्टल भईरहेको छ ।

फायरटाईनस एक हाईपरफरमेन्स ईन्टीग्रेटेड सर्किट हो । यसको अध्ययन र व्यक्तिको शरीरको वास्तविक रिडिगंमा केवल ०.१ डिग्रिी सेल्सियसको अन्तर हुन्छ । विषेशज्ञहरुले यसको रिडिगं ९९ प्रतिशत सही निस्किएको बताएका छन् । साथै यसमा फेसियल रिगग्निसन टेक्नोलोजीको पनि प्रयोग गरिएको छ जसबाट सन्दिग्ध बिरामीको तुरुन्तै पहिचान गर्न सकिन्छ । फायरटाईनसले जुन व्यक्तिलाई निगरानी गर्छ उससगँ जोडिएको विवरणलाई तुरुन्तै एउटा केन्द्रीत सर्भरमा पठाउछ । यसको न्युरल प्रोसेसिगं युनिट प्रत्यक सेकेण्डमा ३ लाख करोड गणना गर्न सक्षम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी