बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले सत्तामा हुदाँ बिहे गर्न लागेको यो संभवत पहिलो अवसर हो । बेलायती सञ्चार माध्यमका अनुसार देशका प्रधानमन्त्री बोरीस जोनसोनले ५५ बर्षको उमेरमा ३१ बर्षीय प्रेमिकासगँ छिट्टै बिबाह गर्दैछन् । उनीहरुले केही दिन अघि ईन्गेजमेन्ट गरे ।
हुनतः उनीहरु लामो समयदेखि सरकारी आवासमा सगैं बस्दै आएका छन् । उनकी प्रेमिका हुन् केरी साईमन्डस् । उनको छिट्टै बिबाह हुने र लगत्तै बच्चा हुने अनुमान गरिएको छ ।
जोनसेनले साईमन्डस्सगँ तेस्रो बिबाह गर्न लागेका हुन् ।
उनले पहिलो पटक सन् १९८७ मा बिबाह गरेका थिए । त्यो बिबाह १९९३ मा टुट्यो । त्यस पछि त्यसै बर्ष भारतीय मुलकी मारिना ह्वीलरसगँ दोस्रो बिबाह गरे उनीसगँ चार वटा सन्तान भयो । पछि उनीसगँ पनि जोनसनको सम्बन्ध बिच्छेद भए पछि अहिले साईमन्डससगँ बस्दै आएका छन् ।
स्वयं साईमन्डस्ले ईन्गेजमेन्ट भएको र अब आउने गर्मी समय अगावै सन्तान जन्मिने र खुसी लागिरहेको बताएकी छन् । उनी पर्यावरण परियोजनामा काम गर्छिन् । दुवैले बच्चा जन्मिनु अघि बिबाह गर्ने पक्का गरेका छन् ।