एजेन्सी फागुण १९ । कोरोना भाईरस ( कोभिड १९ ) ले अहिले विश्व आक्रान्त छ । संसारका ६० बढी देशमा यो विस्तार भईसकेको छ । यसले आज सम्म ३ हजार बढीको ज्यान लिईसकेको छ भने ८८ हजार भन्दा बढी संक्रमित भएका छन् ।
तर यही कोरोनाको मुहान कहाँ हो ? यस अघि चीनको उहानलाई उसको उत्पत्तिको केन्द्र मानिएको थियो । तर चीनबाट डिसेम्बर ३१ मा फेला परे पनि त्यसको केन्द्र अन्तै हुन सक्ने अनुसन्धानले देखाएको छ ।
चीनको ग्लोबल टाईम्समा छापिएको रिपोर्ट अनुसार २१ फेब्रुअरीमा चाईनिज एकेडेमी अफ् साईन्सेसमा एउटा प्रतिवेदन समिट भएको छ । प्रोफेसर यु वेनविनले बुझाएको उक्त रिसर्च रिपोर्ट अनुसार हुवेईको वुहानको यस अघि भनिएको सिफुट मार्केट कोरोनाको केन्द्र नहुन सक्छ । यसमा भनिएको छ कि ५८ वटा कोरोना भाईरसको हेप्लोटाईप्सको एच१–एच५८ नम्बर दिईएको छ । यीनीहरुलाई ५ वटा समुह ए,बी,सी,डी,ई मा बाडिँएको छ । जस अनुसार ए सबै भन्दा ठूलो र ई सबै भन्दा सानो भाईरस हो ।
जब कि हुवेईमा ग्रूप सिको मात्र भाईरस देखिएको छ भने अमेरीकामा यी पाँच वटै समुहको भाईरस देखिएको छ । प्रोफेसर यु ले यो भाईरस कतैबाट आएर उहानबाट फैलिन शुरु गरेको पनि हुन सक्ने बताए । उनले यो अनुसन्धान विज्ञानमा आधारीत भएको भन्दै यदी अमेरीकामा पनि ग्रुप सीकै भाईरस मात्र भेटियो भने त्यो चीनबाट फैलिएको मान्न सकिने तर त्यस्तो प्र्रमाणित नभए अन्तैबाट फैलिएको हुन सक्ने दाबी गरे ।
हालै ताईवानको एउटा स्थानीय टेलिभिजनमा फर्माकोलोजिष्ट पैन हुवेई जान्गले यसै आलेखको हवला दिदै अमेरीकामा कोरोना भाईरस देखिदा चीनमा भन्दा मल्टिपल जेनेटिक टाईपको देखिएको दावी गरेका छन् ।
वुहानका भाईरलोजिष्ट याङ झेनक्युले अमेरीकामा ईन्फ्लुएन्जाका कारण भएको मृत्युको कारण पत्ता लगाउन अझै धेरै शोधको खाँचो रहेको औल्याए । कोरोना कहाँबाट फैलिएको हो त्यो पत्ता लगाउन अझै विस्तृत अनुसन्धानको खाँचो रहेकोमा विज्ञहरुले औल्याएका छन् ।