ब्यबसायिक किसान आफ्नो पेशाप्रति उत्साही

ब्यबसायिक किसान आफ्नो पेशाप्रति उत्साही

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

“राज्यले कृषकलाई नारा होइन व्यवहारले सहयोग गरौं“ भन्ने नाराकासाथ देशका विभिन्न स्थानमा पशुपालन तथा कृषकहरुको समस्या र चुनौतीका विषयमा अन्तक्रिया कार्यक्रम तथा वनभोज कार्यक्रमको भक्तपुरको पवित्रमन्दिर निलबाराहीमन्दिर परिसरमा सम्पन्न भएको छ ।

उक्त्तकार्यक्रम माबागमती प्रदेशका प्रदेश सभासद मनीराम फुयालको प्रमुख आतिथ्यमा ८० भन्दा बढी ब्यवशायिक कृषीफर्मकाप्रतिनिधिहरु सहभागी थिए । उक्तकार्यक्रमको अध्यक्षता तारा भन्डारीले गरेका थिए भने संचालन शान्ता कार्कीले गरेकी थिईन् ।

सो कार्यक्रममा पशुसेवा बिभागका उपमहानिर्देशक डा दिकरदेव भट्ट, प्रबक्ता चन्द्र ढकाल कृषी ज्ञानकेन्द्रका प्रतिनिधि ,मध्यपुर ठिमी नगरपालिकाका कृषी साखा प्रमुख र नयाँ कृषीअभियान सहकारीका मिन प्रसाद गैरे तथाबिभित्र सघंसस्थाका प्रतिनिधि कलाकार र पत्रकारको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा प्रदेशसभाका सभासद फुयालले कृषक र कृषी व्यबशायमा भएका समस्याहरु प्रदेश सरकार ,स्थानिय सरकार, र संघिय सरकासँग सहकार्य गरेर सम्स्या र चुनौतीहरुको समाधानमापहलगर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो कार्यक्रममा पशुसेवा बिभागका उपमहानिर्देशक डा दिकरदेव भट्टले किसानका समस्या समाधानमा समन्वयकारी भुमिका खेल्दै निती निर्माणको तहमा किसानको हितका लागि कामगरिरहेको बताए ।

पशुसेवा विभागका प्रवक्ता ढकालले कार्य कुशताले भ्याएसम्म किसान र कृषि व्यबसायलाई प्रवर्धन गर्न तत्पर रहेको बताए ।
नँया कृषी कृिष अभियान सहकारी सस्थाका अध्यक्ष मिन प्रसाद गैरेले किसानहरुले सहकारीको माध्यमबाट संगठीत भएर देशको आर्थिक बिकासमा योगदानदिन र निर्बाहमुखी खेती प्रणालीलाई ब्यवशायीक कृषी प्रणालीमा रुपान्तरण नगरी कृषी र किसानको भविश्य सुनिश्चित हुन नसक्ने धारणा राखे । सो कार्यक्रमको आयोजना चम्पादेबी कृषक समुह , कागेश्वरी मनोहरा ७ र नव निलवाराही मिश्रीत कृषी समुह मध्यपुर ठिमी ७ ले गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी