त्यो बिशाल विष्फोट पछि ब्रह्मान्डमा के भयो ?

त्यो बिशाल विष्फोट पछि ब्रह्मान्डमा के भयो ?

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

वैज्ञानिकहरूले अन्तरिक्षमा अरबौ बर्ष पहिले भएको भनिएको बिशाल विष्फोट बिग ब्यांग भन्दा पाच गुणा ठूलो अर्को बिष्फोट पनि भएको प्रमाण फेला पारेका छन् ।
पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको यो विष्फोट एउटा अत्यधिक ठूलो ’ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले दावी गरेका छन् ।
सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो । ’एस्ट्रोफिजिकल जर्नल’ मा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मानेका थिए । यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ’डार्क म्याटर’ ले बाँधिएर रहेको बताईन्छ ।
यसलाई पत्ता लगाउन भारतको पुनेमा रहेको बिशाल मीटर वेभ रेडियो टेलिस्कोप, नाशाको चन्द्र एक्सरे अब्जरभेटरी र युरोपेली स्पेस एजेन्सीको रेडियो टेलिस्कोप प्रयोग गरिएको थियो । यो बिष्फोटले आकाशगंगा तारापुञ्ज एमएस ०७३५ं७४ मा भएको बिष्फोटको तुलनामा ५ गुणा शक्तिशाली थियो । अष्ट्रेलियाको कार्टिन विश्व विद्यालयकी मेलानी जनस्टन होलिटले भनेका छन् “ हामीले आकाशगंगामा कैयौ विष्फोटहरु देख्यौ तर यो बास्तवमै धेरै बिशाल थियो ।”
पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए ।

ब्ल्याक होल भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन् । तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो।
अस्ट्रेलियाको ’मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ’जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग विस्फोटकै कारण भएको पुष्टि गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी