अखिल(क्रान्तिकारी) बन्दुक,बम बोक्ने संगठन हैन, हामीमाथिको अघोषित प्रतिवन्ध खारेज गरियोस्ः अध्यक्ष ढकाल(भिडियोसहित)

अखिल(क्रान्तिकारी) बन्दुक,बम बोक्ने संगठन हैन, हामीमाथिको अघोषित प्रतिवन्ध खारेज गरियोस्ः अध्यक्ष ढकाल(भिडियोसहित)

मलाई करेन्ट लगाएर यातना दिइयोः बिक

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

काठमाडौं, १५ फागुन ।
अखिल (क्रान्तिकारी)ले देशभरबाट गिरफ्तार संगठनका नेता कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेको छ । संगठनमाथि लगाईएको अघोषित प्रतिबन्ध खारेज गरि गिरफ्तार सबै नेता कार्यकर्तालाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो ।
राजधानीमा बिहिवार पत्रकार सम्मेलन गर्दै संगठनले जेल तथा हिरासतमा अमानविय यातना दिने कार्य तत्काल बन्द गरि आफ्ना विचारहरु राख्ने, भेला सम्मेलन गर्न पाउँने आधारभुत अधिकारको रक्षा गर्न माग गरेको हो ।
सरकारको दमनको घोर भत्सना गर्दै संगठनले बिद्यार्थीहरुको हक अधिकारका लागि कलम र कपि बोकेर हिड्ने नेता कार्यकर्तालाई राजनैतिक आस्थाकै आधारमा गैरन्यायीक गिरफ्तार गर्ने, चरम यातना दिने, झुठा मुद्धा लगाउने कार्य तत्काल अन्त्य गर्न भनेको छ ।
पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा संगठनमाथिको प्रतिवन्ध तत्काल अन्त्य गरि शान्तिपूर्ण रुपमा स्ववियू निर्वाचनमा देशव्यापी रुपमा भाग लिने वातावरणको सृजना गर्न पनि माग गरिएको छ । यस्तै विगत केही समयदेखि चन्दा संकलन गरेको भन्ने भ्रामक र षड्यन्त्रमुलक समाचारहरु प्रति संगठनको गम्भिर ध्यानाकर्ष भएको पनि जनाईएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन यी समाचार र भ्रमहरुको खारेजी र खण्डन गर्दछ । हाम्रो संगठनको कोही कसैसँग चन्दा लिने नीति नभएको पनि स्पष्ट पार्न चाहन्छौं ।’
पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरन्जीवी ढकालले अखिल(क्रान्तिकारी) संगठन बिद्यार्थीको हक अधिकारका लागि लड्ने संगठन भएको भन्दै आफुहरुमाथि लगाईएको अघोषित प्रतिवन्ध तथा सरकारको दमनको बिरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘अखिल क्रान्तिकारी बम, बन्दुक बोकेर हिड्ने संगठन हैन । हामी कपी र कलम बोकेर बिद्यालय, विश्वबिद्यालयहरुमा नेपालको शिक्षा क्षेत्रमा रहेका बिकृति र बिसङगतिबिरुद्ध शान्तिपूर्ण रुपमा सडकमा आवाज उठाउने जुझारु युवाहरुको संगठन हो, यसमा कोहि पनि भ्रममा नपर्न आग्रह गर्दछौ।’
सरकारले गरेको दमनबाट आफुहरु नआत्तीने भन्दै उहाँले संगठनका नेता कार्यकर्ताहरु भूमिगत भएर भागेको भन्ने आरोप लगाएको प्रति खण्डन गर्दै भन्नुभयो, हामी तपाईहरु माझमा छौ, सरकारले हामीमाथि चरम दमन गरेको छ तर हामी कहि लुकेका छैनौ, हामीलाई खोज्न प्रहरी प्रशासन हिड्न पर्दैन ।हामीलाई बोलाउनुस् हामी आउछौं ।
उहाँले संगठनले गरेका कामको खुलमखुल्ला जिम्मेवारी लिन तयार रहेको भन्दै शैक्षीक क्षेत्रको बिकृति विसंगतीको बिरुद्ध र बिद्यार्थीका अधिकारका लागि शान्तिपूर्ण तरिकाबाट संघर्ष गर्दा दमन गरे त्यसको सामना र प्रतिवाद गर्न तयार रहेको पनि बताउनु भयो ।
अखिल (क्रान्तिकारी) अपराधिहरुको संगठन नभएको भन्दै उहाँले यो मुलुकमा देखिएका विकृती बिसंगतीको विरुद्ध निरन्तर आवाज उठाउने पनि प्रतिबद्धता जनाउन भयो ।
यस्तै संगठनका कोषाध्यक्ष नरेन्द्र विकले हिरासतमा आफुमाथि चरम शारिरिक र मानसिक यातना दिएको बताउनु भयो । आफुलाईस करेन्ट लगाएर यातना दिएको समेत उहाँले खलासा गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘मलाई फागुन ५ गते बिहान ११ बजे पक्राउ गरी बिभिन्न ठाउँमा घुमाएर राति मात्रै टेकु पुर्याइयो, मलाई पक्राउ गरेर चरम यातना दिईयो, इलेन्ट्रिक सर्ट लगाउने कार्य भयो ।’
उहाँले हाल हिरासतमा रहेका कतिपय बिद्यार्थी नेताकार्यकर्ताहरुमाथि पनि कुटपिट तथा यातना दिने कार्य भएको भन्दै यस्तो हर्कत नगर्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।उहाँले बिद्यार्थी तथा उनीहरुका नेता कार्यकर्तालाई अघोषित प्रतिबन्ध लगाएर चलम यातना दिदैँ झुठा मुद्धामा फसारले दमन गर्न कार्यले सरकार पतनको बाटोतर्फ लागेको प्रष्ट भएको पनि बताउनु भयो ।
यहि फागुन ५ गते गिरफ्तार संगठनका कोषाध्यक्ष बिकलाई बुधवार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाईपछि रिहा गरेको थियो धने फागुन १ गते गिरफ्तार अध्यक्ष ढकाललाई जिल्ला प्रसासन कार्यलय काठमाडौंले मंगलवार धरौटीमा रिहा गरेको थियो ।
पछिल्लो अखिल (क्रान्तिकारी)माथि सरकारले अघोषित प्रतिवन्ध लगाएको छ । संगठनका दर्जनौ नेता कार्यकर्ता गिरफ्तारीमा परेका छन् भने अझै कयौ हिरासत तथा जेलमा रहेका छन् । संगठनले शान्तिपूर्ण कार्यक्रम समेत निर्वाध रुपमा गर्न सकिरहेको छैन ।
सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै अखिल(क्रान्तिकारी)लाई पनि शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी प्रसासनले रोक लगाउदैँ आएको छ ।
सोहि कारण खुल्ला रुपमा कार्यक्रम, सभा सम्मेलन नगरेको संगठनले केन्द्रीय अध्यक्ष तथा कोषाध्यक्षसहित केन्द्रीय स्तरका नेताहरुको सहभागीतामा आज राजधानीमा पत्रकार सम्मेलन नै गरेको हो ।

भिडियाे 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी