जापानका वैज्ञानिकले बनाए दुखेको थाहा पाउने बच्चाको अनुहार जस्तो रोबर्ट

जापानका वैज्ञानिकले बनाए दुखेको थाहा पाउने बच्चाको अनुहार जस्तो रोबर्ट

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

एजेन्सी फागुण १४ । जापानका वैज्ञानिकहरुले बच्चाको अनुहार भएको मात्र हैन कि छोएको र दुखाई महसुस गर्ने रोबोर्ट बनाएका छन् । यो रोबर्टको नाम एफेट्टो राखिएको छ । यो रोबर्ट एन्ड्रोईड बेस्ड बनाईएको हो ।
वैज्ञानिकहरले भनेका छन् कि त्यो दिन अब धेरै छैन अब रोबर्ट र मान्छे सगँै बस्ने छन् । मान्छे जस्तो रोबर्ट हुनु नयाँ कुरा हैन तर महसुस गर्न सक्ने रोबर्ट नयाँ कुरा हो ।
ओसाका विश्व विद्यालयको टिमले यसको आविष्कार गरेको हो । प्रोफेसर असादाले यसको नाम एफेट्टो राखेका हुन् । ईटालीयन भाषामा यसको नाम स्नेह वा प्रेम हुन्छ । यसले कोमल वा कठोर स्पर्स महसुस गर्छ र अनुहारमा परिवर्तन आउछ । यसको विकास २०११ मै भए पनि सन् २०१८ मा यसलाई नयाँ बनाईएको हो ।
ईलेक्ट्रिक चार्जको माध्यमबाट यसमा सिंथेटिक छाला लगाईएको छ जसका कारण यसले महसुस गर्न सक्ने भएको हो । असादाका अनुसार यसमा अझै विकास गर्न खोजिएको छ कि उसले पनि अरुलाई छुन सकोस्, र महसुस गर्न सकोस् । त्यसो भयो भने यसमा नैतिकता र सहानुभूति र नैतिकता पनि ल्याउन सकिने बारेमा अनुसन्धान हुदैछ ।
ईन्टेलिजेन्ट रोबर्टका साथ सिम्बाईटीक समाज निर्माणको लक्ष्य रखिएको र यो कामयाबी भएमा जापानका बृद्ध बृद्धाहरुलाई शारीरीक र भावनात्मक रुपमा सहयोग पुग्ने थियो । असाजले भनेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी