भारतले ट्रम्पको सुरक्षामा लंगुर पनि परिचालित गर्यो !

भारतले ट्रम्पको सुरक्षामा लंगुर पनि परिचालित गर्यो !

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

एजेन्सी फागुण १२ । भारतले बिशेष महत्व दिएर भव्य तयारी गरेको छ अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा । ट्रम्प छोरी र श्रीमति सहित आज भारत आउदैछन् । अरबौं रुपैया खर्च गरेर २० हजार बढी सुरक्षाकर्मी तैनाथ गरेको छ मोदी सरकारले ट्रम्पको सुरक्षाका लागि । एनएसजी कमाण्डो देखि अर्ध सैनिक बल सबै परिचालित छन् । लाखौं मानिसले ट्रम्पलाई रोड सो र नमस्ते ट्रम्पमा स्वागत गर्ने तयारी छ । ३ हजार कलाकारले ट्रम्पको स्वागतमा सांस्कृतिक प्रस्तुति दिनेछन् ।
होटल, बाटो, बजार सबैतिर उच्च प्रविधि युक्त सुरक्षा प्रवन्ध गरिएको छ । त्यस बाहेक अर्को रोचक प्रसंग के छ भने ट्रम्पको सुरक्षामा बाँदरबाट जोगाउन लंगुर तैनाथ गरिएको छ । विविसीका अनुसार बादर खेद्न प्रशासनले लंगुर तैनाथ गरिएको हो । मान्छेबाट जोगाउन सुरक्षाकर्मी खटाईए पनि बाँदरबाट जोगाउन लंगुर राखिएको हो । लंगुरले बादरलाई खेद्ने काम गर्छ । वन विभागले यसको तयारी गरेको समाचारमा उल्लेख छ ।


आग्राको ताजमहलमा यस अघि पर्यटकमाथि बाँदरले हमला गर्ने गरेका कारण यस पटक सुरक्षामा यो उपाय पनि अवलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । यद्यपि, लंगुरलाई कहाँ राखिएको छ अधिकारीहरुले जानकारी दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी