अष्ट्रेलियाको ब्रिस्बेनमा बस्ने एक ९ बर्षीय बालकले आत्महत्या गर्छु भन्दै रोएको र घाटी थिचेको समेत भिडियो भाईरल भईरहेको छ ।
क्वेडन बेल्स नामका ती बालकले आत्महत्या गर्न खोजेको उनकी आमाले भिडियो पोष्ट गरेकी छन् । त्यस पछि उनको परिवारलाई विश्वभरबाट करोडौं सहयोग जुटेको छ । यो सहयोग जुटाउने अगुवाई भने अमेरीकाका कमेडियन ब्रेड विलियम्सले गरेका थिए ।
फेब्रुअरी १८ मा उनकी आमा यायराले उनले आफैलाई सिध्याउन खोजेको कुरा पोष्ट गरेकी थिईन् ।
६ मिनट ४६ सेकेण्डको भिडियोले दुनियाभरको ध्यान खिचेको छ । उनलाई सहानुभूति दिनेहरुले भनेका छन् , चिन्ता नगर बेल्स हामी साथी छौ भन्दै सम्झाउने कोशिस गरेका छन् ।
अनुहार नराम्रो भएकै कारणले साथीहरुले गिज्याउने गरेको भन्दै मर्न खोजे पछि स्कुलमा गरिने व्यवहार राम्रो हुनु पर्छ भन्ने सन्देश यो घटनाले दिएको छ ।
https://twitter.com/S11E11B11A/status/1230428038304849920