एजेन्सी । अमेरीकाको कोलोराडो स्थित जर्ज टाउनमा कुकुरलाई मेयर बनाईएको छ । सो कुकुरले टाई र कोट र चस्मा लगाएर मेयरको शपथ लिएको छ । ११ फेब्रुअरीमा बोर्डका सदस्यहरुले मतदान गरेर कुकुरलाई पार्कर द स्नो डगलाई निर्वाचित गरेका हुन् ।
मंगलबार भएको शपथग्रहणमा स्थानीयवासी र कुकुर प्रेमी नागरिकहरु उपस्थित थिए । मेयर स्नो द डगले अंगालो मारेर मतदान गर्नेहरुलाई धन्यवाद दिएको थियो ।
पुलिस र न्यायधीश लिनेट केलेसीले स्नो द डगलाई शपथ गराएका थिए ।
यो तस्वीर क्लियर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा शेयर गरेको छ । पार्कर दि स्नो डगको समेत ईन्सटाग्राम छ र उनको १६ हजार ८ सय फलोअर्स रहेका छन् । पार्कर लभल्याण्ड स्की एरियाको मस्कट पनि रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline