८ बर्षकै उमेरमा ८० बर्षको जस्तो देखिने यी बालिकाको मृत्यु , रोग के हो ?

८ बर्षकै उमेरमा ८० बर्षको जस्तो देखिने यी बालिकाको मृत्यु , रोग के हो ?

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी । बच्चामै बृद्ध देखिने एक प्रकारको जेनेटिक रोग प्रोजेरियाबाट ग्रसित युक्रनको एक बालिकाको मृत्यु भएको छ ।
अस्पतालमा रहेकी एना सकिडन नामकी ८ बर्षकी ती बालिकाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

उनको शरीरको आन्तरीक अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको हो । ८ बर्षकै उमेरमा ८० बर्षको जस्तो देखिने यी बालिकाको तौला सात दशमलव ७ किलोग्राम थियो ।

डा नादेज्दा केटामेनका अनुसार यस्तो रोग लागेका बच्चा सामान्य बच्चाको एक बर्ष नै उनीहरुका लागि आठ दश बर्षको जस्तो हुने गर्दछ । हड्डी धेरै ढिलो बृद्धि हुने र उमेर बढ्दै गए पछि अंगहरुले काम गर्न छाडेर यस्ता बच्चाहरुको बेलैमा मृत्यु हुने गर्दछ ।

नेदरल्याण्डमा भएको एउटा रिसर्च अनुसार प्रति २ करोड बच्चामा एक जनामा प्रोजेरीया हुने संभावना रहन्छ । यसरी हेर्दा पुरै विश्वमा करीब १ सय ६० यस्तो बच्चा बिरामी रहेको अनुमान गरिएको छ ।
एजेन्सी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी