‘एक गाउँ, एक प्राविधिक’ मा जोड

‘एक गाउँ, एक प्राविधिक’ मा जोड

  • आइतवार, फाल्गुन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भीमदत्तनगर, ४ फागुन ।
सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन ।
कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने निर्णय गरेका हुन ।
भेलाले ‘एक गाउँ, एक प्राविधिक’को समुचित व्यवस्थापन तथा निरन्तरता दिने निर्णय गरिएको नाटा सुदूरपश्चिम प्रदेश कमिटिका सह–सचिब जनकबहादुर सिंहले जानकारी दिनुभयो । “कृषि विकास कार्यक्रम सञ्चालन तथा अनुदान वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा समेत कृषि प्राविधिकहरुको एकमत छ उहाँले भन्नुभयो–“कृषि क्षेत्रको बजेटमा गरिएको उपेक्षा हटाउन १५ प्रतिशतसम्म छुट्याउन पहल गर्नेछौं ।”
सुदूरपश्चिमका नौ वटै जिल्लाका कृषि प्राविधिकहरुको सहभागिता रहेको भेलाको उद्घाटन सुदूरपश्चिम प्रदेश भूमि व्यवस्थापन, कृषि तथा सहकारी विकास मन्त्रालयका योजना महाशाखा प्रमुख गोकुलप्रसाद बोहराले गर्नुभएको थियो ।
नाटाका प्रदेश संयोजक कमलापति भट्टको सभापतित्वमा भएको भेलामा नाटाका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद ओझा, केन्द्रीय सदस्य खेमराज पनेरु, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट र कृषि तालिम केन्द्रका प्रमुख जनकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी