अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जङ्गलमा

अज्ञात रोेगले भेडा मरेपछि चिकित्सकको टोली जङ्गलमा

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

चिसो छल्न भन्दै पूर्वीरुकुमको उत्तरी भेगबाट दाङ चरनका लागि ल्याइएका २०० बढी भेडा मरेपछि त्यहाँ पशु चिकित्सकको टोली पुगेको छ । घोराही उपमहानगरपालिका–१९ को पहाडी भेगमा पर्ने जङ्गलमा चराउन ल्याइएका भेडा दुई सातादेखि लगातार मर्न शुरु गरेका थिए ।

भेडा अज्ञात रोगले मरेको खबर सञ्चारमाध्यममा आएपछि प्रदेश नं ५ अन्तर्गत पशु सेवा कार्यालय र उपमहानगरपालिकाको पशु सेवा महाशाखाको टोली जङ्गलमा पुगेको हो । पशु चिकित्सकको टोली शुक्रबार बेलुका वडा नं १९ सैघाको जङ्गलमा पुगेर भेडाको सामान्य उपचारसमेत गरेको छ । पशु सेवा शाखाका प्रमुख श्रीधर अधिकारीका अनुसार त्यहाँ रहेका भेडामा मुख पाक्ने, पखाला लाग्ने, झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । भेडा कुन रोगले मरेको हो भन्नेबारेमा तत्काल चिकित्सकको टोलीले पत्ता लगाउन सकेको छैन ।

उहाँले भेडामा देखिएको समस्यालाई ल्याव परीक्षणपछि मात्र रोग पत्ता लाग्ने हुदाँ आफूहरुले नमूना सङ्कलन गरेर फर्किएको जानकारी दिनुभयो । पशु उपचारका लागि दाङमा ल्याव परीक्षणको व्यवस्था नभएको हुँदा आजै उक्त स्याम्पललाई सुर्खेत पठाउने र सोमबारसम्म वास्तविकता पत्ता लाग्ने उहाँले बताउनुभयो ।

सञ्चार र यातायात सुविधा नरहेको जङ्गलमा भेडा चराउन ल्याइएको हुँदा ढिलो मात्र खबर जिल्लासम्म आइपुगेको थियो । गत मङ्सिर १० गते रुकुमबाट हिँडेर पुस २९ गते पाँचपोखरीमा आइपुगेका भेडा गत सातादेखि मर्न थालेका थिए । किसान प्रेमबहादुर पुन, धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुनका भेडा मरेका थिए । उहाँहरुले घरबाट आउँदा करीब ४०० बढी भेडाबाख्रा साथमा लिएर आउनुभएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी