उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं, पाएनन् पुरै भुक्तानी

उखु किसानलाई भुक्तानी गर्न दिएको समय आज सकिदैं, पाएनन् पुरै भुक्तानी

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

७ माघ, सर्लाही ।

सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा आज सकिँदैछ । तर उद्योगीले सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने बताएपछि किसानहरुले पूरै भुक्तानी नपाउने भएका छन् ।

चिनी उद्योगीहरुले किसानहरुलाई क्रमिक रुपमा रकम दिइरहेको भन्दै सबै रकम तोकिएकै मितिमा उपलब्ध गराउन नसक्ने सरकारलाई जानकारी गराएका छन् ।

पुसको पहिलो सातादेखि बक्यौता रकम पाउनु पर्ने माग गर्दै काठमाडौंमा चरणबद्ध आन्दोलन थालेका उखु किसानहरुसँग पुष १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीवापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराउने गरी पाँच बुँदे सहमति गरेको थियो ।

तर मन्त्रालयले हिजोसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।

अब इन्दिरा र अन्नपूर्ण सुगर मिलले २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले किसानको आन्दोलनपछि केही उद्योगीहरुले तालिका बनाएर बक्यौता रकम तिरिरहेको बताउनु भयो ।

अन्नपूर्ण र इन्दिरा मिलले २१ करोडभन्दा बढी र श्रीराम मिलले २६ करोड वक्यौता तिर्न बांकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी