विषादी प्रयोगमुक्त सप्ताह हुँदै

विषादी प्रयोगमुक्त सप्ताह हुँदै

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भरतपुर, १८ पुस ।
चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह शुरु गर्न लागिएको हो । पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो ।

सप्ताहमा जनचेतनामूलक ¥याली, सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर र रत्ननगर महोत्सवमा अन्तरक्रिया तथा नाटक प्रस्तुत गरिने उहाँले बताउनुभयो । बाली संरक्षण, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँ, बाली संरक्षण प्रयोगशाला प्रदेश नं ३ हेटौँडा र कृषि ज्ञान केन्द्र चितवनले संयुक्तरूपमा कार्यक्रम गर्न लागेका हुन् ।

कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारीवोध गर्न सबैलाई आग्रह गरिने ढकालले बताउनुभयो । सप्ताह अवधिभर केन्द्र र जिल्लाका प्राविधिकहरु खटिनेछन् । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भरतपुर–२ क्षेत्रपुरको तरकारी बजारमा दुई साताअघि मात्र विषादी परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।

प्रयोगशालामा दैनिकरूपमा तरकारी तथा फलफूलको विषादी परीक्षण हुने गरेको छ । विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । यसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी