सडकमा अण्डा फुटाएर प्रदर्शन

सडकमा अण्डा फुटाएर प्रदर्शन

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन् । अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक सङ्घका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिनुभयो ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए । उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ‘देशभरिबाट गिरफ्तार किसान तुरुन्त रिहा गर’ लगायतका नारा लगाएका थिए । चितवनमा करिब ४०० जना अण्डा उत्पादक किसान रहेका छन् ।

केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी