देशभरका ह्याचरीले १० दिन चल्ला उत्पादन नगर्ने, ३३ करोडको नोक्सानी

देशभरका ह्याचरीले १० दिन चल्ला उत्पादन नगर्ने, ३३ करोडको नोक्सानी

  • मङ्लबार, पुस १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, १ पुस ।
देशभरका ह्याचरी उद्योगले १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन् । जसबाट १० दिनमा उप्पादन हुने करिब ६० लाख ब्रोइलर चल्ला नष्ट हुने भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष टिकाराम पोख्रेलले वताए ।
मंसिर २७ गते देशभरीका ह्याचरी उद्योगका प्रमुख तथा प्रतिनिधी गरि करिब १५० भन्दा बढि उपस्थित वैठकको निर्णय अनुसार मंसिर २९ गते देखि १० गते सम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने र उक्त अवधिमा उत्पादन भएका र हुने गरि करिब ६० लाख चल्ला उत्पादन नहुने साथै उत्पादन भएका पनि नष्ट गरिने पोखरेलले जानकारी दिए । सो बैठकमा चल्ला नष्ट गर्ने निर्णयसगै चल्ला निकाल्न ह्याचरी मेसिनमा सेट गरिएका अण्डा समेत नष्ट गर्ने, ५० हप्ता भन्दा बढीका माउ जातका प्यारेण्ट विक्रि गर्ने र पोल्ट्री क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार र वित्तिय संस्थामा पहल गर्ने निर्णय गरेको पोखरेलले बताए ।

हाल नेपालमा ब्रोइलर चल्ला प्रती हप्ता ४५ लाख, लेयर्स चल्ला प्रती हप्ता २ लाख ५० हजार र कलर ब्रोइलर प्रती हप्ता १ लाख ७० हजार उत्पादन भइरहको छ । हाल बजारमा उपभोक्ताले मासु किन्दा लिने मुल्य नघटेको तर किसानको उत्पादन ब्रोइलर कुखुराको मुल्य भने घटेको बताउदै अब १० दिन गरिने चल्ला नष्टले १ करोड २० लाख किलो मासु बजारमा नआउने जसले गर्दा किसानले केहि न केहि राहतको महसुस गर्ने पोखरेलले जिकीर गरे ।

उनले हालका दिनमा दानाका लागि आवश्यक पर्ने सम्पुर्ण कच्चा पदार्थ बिदेशबाट आउने गरेको बताउदै सोको अन्र्तराष्ट्रिय मुल्यमा बृद्धि र नेपाल सरकारले पनि सो कच्चा पदार्थमा करिब ८ प्रतिशतसम्म अत्याधिक भन्सार कर बृद्धि भएका कारणले गर्दा लागत मुल्य अत्याधिक भएको बताए । हाल जिउदो मासुको मुल्य १२० सम्म कारोबार भएकोमा अब १० दिनको यो चल्ला उत्पादन बन्दले माघ १५ देखि असर देखिने र जिउदो कुखुरा १८० भन्दा माथि जानेमा ह्याचरी व्यवसायीको विश्वास छ ।

पोल्ट्रि क्षेत्रमा देखा परेका समस्यामा अर्थ मन्त्रालय र राष्ट्र बैंकले गम्भिर रुपमा मनन गरी ऋणको म्याद थप गर्नुपर्ने भन्दै पोख्रलले पुर्न लगानी गरिनु पर्ने अहिलको महत्वपुर्ण आवश्यकता रहेको बताए । उनका अनुसार करिब १ खर्ब २० अर्व रुपैया पोल्ट्री क्षेत्रमा निजि क्षेत्रको लगानी रहेको छ । यसमा करिब १ लाख ८० हजार ब्यक्तिहरुले रोजगारी पाएको र देशकै ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान रहेको पोल्ट्री क्षेत्रलाइ जोगाउन राज्यले महत्वपुर्ण भुमिका खेल्नु व्यवसायीको माग छ ।
कार्यक्रममा संघका सचिवन राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट, नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायण हरि खत्री, नेपाल दाना संघका पूर्व अध्यक्ष डा. त्रीचन्द्र भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी