श्रीमती खुसी पार्न २ सय १८ टनको रेल तानेर विश्व रेकर्ड बनाए ईवानले 

श्रीमती खुसी पार्न २ सय १८ टनको रेल तानेर विश्व रेकर्ड बनाए ईवानले 

  • सोमवार, मंसिर ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

दुनियामा अनौठों काम गरेर विश्व रेकर्ड बनाउने मान्छेहरु थुप्रै छन् । त्यस्तै रुसका एक जना ३४ वर्षे युवाले आफ्नो श्रीमती खुसी पार्न एक बर्ष तयारी गरेर २ सय १८ टनको रेल तानेर विश्व रेकर्ड बनाएका छन् ।
भ्लादीबोस्तोक शहरमा ईवान सैकिन नामका ती युवाले रेललाई डोरीको सहाराले तानेका हुन् । उनलाई ह्युमन माउन्टेनका नामले समेत चिनिन्छ ।
रुसी मिडियाका अनुसार दुनियामा रेलको ईन्जिन, हवाई जहाज खिचिएका थुप्रै उदाहरण छन् तर यति धेरै वजन भएको रेल तानिएको यो पहिलो घटना हो ।
ईवानले अब १२ हजार टनको पानी जहाज तान्ने घोषणा समेत गरेका छन् । उनले काधमा फिता बाधेर रेलको फलामको भागमा पनि बाधेर तानेका थिए ।
यस अघि सन् २००३ मा मलेशियामा वेल रथकृष्णन नामका व्यक्तिले २६०.८ टनको केटीएम ट्रेनलाई दातँले १३ फिट ९ ईन्च तानेर रेकर्ड बनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी