कृषि अनुदानः छ लाखमा ६६ काउली र १३ लाखमा ५० बोट कागती

कृषि अनुदानः छ लाखमा ६६ काउली र १३ लाखमा ५० बोट कागती

  • आइतवार, मंसिर २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, मंसिर २९ । कृषि उत्पादन बढाउन राजयले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ  ।

पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छदम किसानले सरकारी कार्यालय धाउँदैं बजेट हात पारेका छन् ।

कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन् खल्तीमा जम्मा हुन्छ ।

प्रदेश ५ सरकारले विभिन्न शिर्षकमा दिएको अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार टोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितता उदांगो भएको हो ।

समितिका सभापति विजयबहादुर यादव, सदस्यहरु चेतनारायण आचार्य, कमलराज श्रेष्ठ, कृष्णध्यज खड्काले स्थलगत अध्ययनमा व्यापक अनियमितता भेटिएको भन्दै दोषी कर्मचारीलाई समेत कारवाही गर्न सिफारिस गरेका छन् ।

प्रदेश ५ को संसदीय समितिको अध्ययनलगतै नयाँ पत्रिका संवाददाताहरुले पनि स्थलगत अध्ययन गरेका छन् । अध्ययनमा अनुदान दुरुपयोगका अनौठा अनौठा नमुना भेटिएका छन् ।

कपिलवस्तु नगरपालिका  २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मनबहाल बरैले ६ लाख अनुदान लिएका थिए । यो अनुदानबाट उनले करेसाबाीमा ६६ वटा काउलीको बेर्ना रोपेका छन् ।

रोपेका काउलीपनि स्याहार नपाएर माटोमै हराएका छन् । यसरी सरकारले दिएको अनुदानबाट एउटा काउलीको बिरुवाको नौ हजार ९० परेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी