अज्ञात रोगको सङ्क्रमणले मर्न थाले बङ्गुर

अज्ञात रोगको सङ्क्रमणले मर्न थाले बङ्गुर

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २७ मंसिर ।

अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

तीन दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । “रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बङ्गुर मर्ने क्रम जारी छ”, फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भन्नुभयो, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो गर्नुभयो ।

शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट ¥याल बग्ने जस्ता लक्षण देखिएको एक घण्टा नबित्दै बङ्गुर मर्ने गरेका सञ्चालक चौधरीले बताउनुभयो । बुधबारसम्म ५० बङ्गुर मरिसके पनि सम्बन्धित पक्ष गम्भीर नभएको उहाँको गुनासो छ । फार्ममा अझै १५ बङ्गुरमा सङ्क्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले सङ्क्रमण देखिएका बङ्गुरको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो । परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उहाँले तत्कालका लागि सङ्क्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताउनुभयो ।

बङ्गुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौँ लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बङ्गुर फार्म सञ्चालन गरेका छन् । पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सो बारे माथिल्लो निकायमा जानकारी गराइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी