नेपालमा फस्टाउँदै पुष्प व्यवसाय, ललितपुरको चापागाँउदोबाटोमा स्वर्णिमा नर्सरीको औपचारीक शुभारम्भ

नेपालमा फस्टाउँदै पुष्प व्यवसाय, ललितपुरको चापागाँउदोबाटोमा स्वर्णिमा नर्सरीको औपचारीक शुभारम्भ

  • शनिबार, मंसिर २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

ललितपुर, २१ मंसिर ।
पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुखः हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घघाटन होस्, खुसी व्यक्त गर्न होस् फुलको महत्वपूर्ण भूमिका खेल्छ । अहिले प्रशस्त नर्सरी खुल्ने क्रममै पनि रहेका छन् । यसै मध्येमा थसीखेल ललितपुरमा रहेको शिष्टता नर्सरीले मंसिरको अन्तिम साता आफ्नो शाखाको रुपमा ललितपुर चापागाँउदोबाटोमा स्वर्णिमा नर्सरीको औपचारीक शुभारम्भ गरेको छ ।
एक रोपनी क्षेत्रफलमा मात्र फैलिएको यो स्वर्णिमा नर्सरीमा लगानी भने दशौँ लाख भएकोृ देखिन्छ । लामो समय नर्सरी व्यवसायमै संघर्ष गरीरहेका शिष्टता नर्सरीका संचालक राजकृष्ण बजगाँई भन्छन् नर्सरी व्यवसायका लागि बढी लगानी चाहिए पनि कालान्तरमा यो व्यवसायले राम्रो फाइदा दिन्छ ।
आजभोली पनि धेरैको गुनासो सुनिन्छ भने जस्तो देशमा काम नै पाइदैन र काम पाइहाले पनि भनेजस्तो तलब र सुविधा पाँइदैन भन्नेहरुका लागि स्वदेशमै राम्रो कमाई गरेर गहकिलो उदाहरण गरीरहेका छन् । बजगाँईलाई आफ्नी श्रीमतीले पनि भरपुर सान दिएकि छन् । आफ्नो राम्रो जागिर भएर पनि जागिर भन्दा त व्यवसायमै राम्रो हुने रैछ भनेर जागिर पनि छाडेर यसमै लागेकि छन् ।
शुभारम्भ कार्यक्रममा फ्लोरीकल्चर एसोसिएसन (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले यो व्यवसाय सजिलो जस्तो लागे पनि मेहनत भने भरपुर गर्नुपर्छ । यस नर्सरीको शुभारम्भमा पुष्प व्यवसायी तथा पुष्प पारखीहरुको समेत उपस्थिती थियो ।
सानो क्षेत्रफल भए पनि चिटिक्क पारी सजाएर राखेका सयौँ थरीका फुलहरुका सजावटले सबैलाई आकर्षण गरेको थियो ।
अरु व्यापार–व्यवसाय जस्तो सटरमा गर्न नसकिने भएकाले व्यक्तिको जग्गालाई सम्झौता गराएर काम सुरु गर्दा धेरै महँगो हुने र धेरै मेहनत गरेको ठाउँमा सम्झौतामा तोकिएअनुसार छोड्नुपर्ने भएकाले झन् समस्या हुने नर्सरी संचालक बजगाँईको अनुभव छ । पुष्प व्यवसायलाई अझ प्रभावकारी बनाउन सरकारी निकायबाट खेर गएका सरकारी जग्गालाई सस्तो मूल्यमा उपलब्ध गराई पुष्प व्यवसायलाई प्रवद्र्धन र व्यवसायिककरण गराउन उनले आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी