कृषि प्रणालीलाई ‘एग्रो फरेस्टी’ सँग जोड्न आवश्यक:कृषि मन्त्री भुसाल

कृषि प्रणालीलाई ‘एग्रो फरेस्टी’ सँग जोड्न आवश्यक:कृषि मन्त्री भुसाल

  • शुक्रबार, मंसिर २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई ‘एग्रो फरेस्टी’सँग जोड्न आवश्यक भएको बताउनुभएको छ ।

आज तिलोत्तमामा नेकपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सहकारीसँग भएको पूँजीलाई कृषिमा परिचालन गरेर लाभ लिन सकिने तर्क गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “मुलुकमा हाबी भएको दलाल पूँजीवादका कारण कृषि क्षेत्रमाथि उठ्न सकेको छैन ।” उहाँले विकासमा स्थानीय सरकार र प्रदेश सरकारले भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै कृषि प्रणालीमा हुने परिवर्तनबाट जनताले राहत महसुस गर्न सक्छन भन्नुभयो ।

मन्त्री भुसालले कृषिलाई उद्योगका रुपमा विकास गर्न जोड दिँदै कृषि क्षेत्र चुनौतीपूर्ण रहेको बताउनुभयो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागार्इंको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेलगायतले कृषिमा हुने रुपान्तरणबाट कृषकले लाभ लिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी