वैज्ञानिकका लागि ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’

वैज्ञानिकका लागि ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’

  • बुधबार, मंसिर १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ ।

नास्टले रु २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ रु २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’९प्लस टु सम्म०, रु २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार ९प्लस टु सम्म छात्र–१, छात्रा–१० पनि स्थापना गरेको सो संस्थाका सचिव डा महेशकुमार अधिकारीले जानकारी दिनुभयो । ती पुरस्कार यही मङ्सिर २० गते प्रदान गरिनेछ । यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो ।
सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख छ ।
प्रतिष्ठानको यही मङ्सिर १६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न ४३ औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो ।
सभाले उपचाररत प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको थियो । प्रतिष्ठानले आर्थिक वर्ष २०७६÷०७७ को कार्यक्रम सञ्चालन गर्न रु ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
सो प्रतिष्ठानबाट प्रविधिका क्षेत्रमा क्रियाशिल सर्जकलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगितासहित विकसित नविनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकलाई अनुसन्धानको लागि सहयोग र निजबाट विकसित प्रविधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको “सम्मृद्धिको लागि नवप्रवर्तन कार्यक्रमअन्तर्गत प्रविधि विकासका लागि अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७६” लाई सभाले स्वीकृत गरेको छ ।
प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकास सम्वन्धी अनुसन्धानको प्रवद्र्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजिकरणका लागि “राष्ट्रिय भवन अनुसन्धान केन्द्र” स्थापनाका लागि पनि प्रतिष्ठानले पहल शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी