६ महिनादेखि निष्क्रिय ट्विटर एकाउन्ट स्वत बन्द हुने

६ महिनादेखि निष्क्रिय ट्विटर एकाउन्ट स्वत बन्द हुने

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं  । ६ महिनादेखि निष्क्रिय एकाउन्ट बन्द गर्ने याेजना अनुसार ट्विटरले एकाउन्ट प्रयोगकर्तालाई इमेल पठाउन थालेकेा छ । हालै आएको रिपोर्टअनुसार ट्विटरले आगामी डिसेम्बर ११ देखि ती एकाउन्ट फ्रि गर्ने र सो नाम अन्य नयाँ युजर्सले समेत प्रयोग गर्न सक्ने बनाउन लागेको हो।

ट्विटरका प्रवक्ताले सो कार्य सुरु भएको र एक्सन लिन लागिएको बताएका छन्। ‘सार्वजनिक कुराकानीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी निष्क्रिय एकाउन्ट क्लिनअप गरिरहेका छौं, यसले ट्विटरलाई थप सुनिश्चित, विश्वसनीय सूचना मानिसका लागि गर्नेछ’, प्रवक्ताले भने।

यो कार्यले मानिसलाई सक्रिय लगइन गर्न र ट्विटर प्रयोग गर्न उत्साहित गर्ने उनको भनाइ छ। यस्तो निष्क्रिय एकाउन्ट हटाउन महिनौं लाग्न सक्ने बताइएको छ।

यदि तपाइँ पनि कुनै निष्क्रिय युजरनेम खोजिरहनुभएको छ भने यो तपाइँका लागि अवसर हुन सक्छ। त्यस्तै यदि तपाइँको एकाउन्ट ट्विटरमा छ तर ६ महिनादेखि निष्क्रिय छ भने तत्काल सक्रिय हुनुस् नत्र ट्विटरले तपाइँको एकाउन्ट हटाएर युजर नेम खाली गरेर अन्य नयाँ युजरलाई दिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी