अमेरीकाको रिचमण्ड विश्व विद्यालयका बैज्ञानिकहरुले मुसाको मानसिक तनाव कम गर्ने गैर फर्माक्युलिष्ट तरीका पत्ता लगाएका छन् ।
प्लाष्टीकको जार जस्तो छोटो कारमा एल्मुनियम र कपर वायर जोडिएको छ जो मुसाबाट चल्छ । उनीहरुले त्यस कार भित्र १७ वटा मुसा राखेर खाने कुरा दिनुको सट्टा कार चलाउन सिकाएका छन् ।
बरिष्ठ डा. अर्थर केली लाम्बार्ट र उनको टिमले बनाएको उक्त ईलेक्ट्रीक कारको माथि क्याविन बनाएको छ । त्यसमा मुसालाई बस्ने ठाँउ पनि बनाईयो र मुसा हुलेर चाबी लगाईयो । यसरी बन्द भए पछि मुसा दायाँ बायाँ तलमाथि गर्न खोज्दा तामाको तारमा छुने र त्यसले गर्दा कार गुड्ने गर्दछ ।
एक सय ५० सेन्टी मिटर लामो र ६० सेन्टी मिटर छोटो एरियामा यो प्रयोग गरिएको थियो । केही महिनाको प्रशिक्षण पछि १७ मुसाले कार चलाउने र दिशा बदल्ने तरीका सिकेका थिए ।
डा. लाम्बार्टले भनेका छन् कार चढे पछि मुसामा तनावको स्तर कम भएको छ । यसले मुसाको मानसिक तनाव कम गर्ने उपचारको लागि गैर फर्माक्युलिष्ट तरीका खोज्न मद्धत पुगेको छ र खोजमा यो पत्ता लागेको छ कि प्राकृतिक आवास तथा ल्यावमा मुसामा आउने चुनौतीलाई कसरी सामना गर्ने भन्ने मुसाले कसरी सामना गर्दछ् भनेर ।