एमबीबिएसको शुल्क वृद्धि

एमबीबिएसको शुल्क वृद्धि

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस अध्ययनको शुल्क वृद्धि गरेको छ । अब एमबिबिएस पढ्न विद्यार्थीले उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । त्यस्तै, बिडिएसतर्फ भने आयोगले उपत्यकाबाहिर र भित्र समान २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ शुल्क तोकेको छ ।

यसअघि शैक्षिक सत्र ०७५/७६ का लागि उपत्यकाभित्र एमबिबिएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । बिडिएसको शुल्क भने १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ थियो ।

यससँगै एमबिबिएस अध्ययन करिब दुई लाख रुपैयाँले महँगिएको छ भने बिडिएसका लागि विद्यार्थीले करिब एक लाख बढी तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०७५ को मुद्रास्फीति प्रतिवेदनका आधारमा नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ ।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले चार दशमलव पाँच प्रतिशत शुल्क बढेको देखिए पनि वास्तविकतामा घटेको दाबी गरे । नयाँ शुल्क निर्धारणसँगै कलेजहरूले परीक्षा शुल्क, पुस्तकालय शुल्क, सामुदायिक शुल्कका रूपमा लिँदै आएको रकम लिन नपाउने उनको भनाइ छ । मेडिकल कलेजहरूले कानुनविपरीत विद्यार्थीबाट लाखौँ रकम असुल्दै आएका छन् ।
विद्यार्थीबाट लिइने रकम किस्ताबन्दीमा
चिकित्सा शिक्षा ऐनको दफा १८ को उपदफा (ख) मा विद्यार्थीबाट लिइने एकतिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा लिनुपर्ने उल्लेख छ ।  सोही दफाको उपदफा (ग) मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख छ । जसअनुसार एमबिबिएसतर्फ विद्यार्थीले पहिलो वर्ष काठमाडौं उपत्यकाभित्र १३ लाख ४१ हजार र उपत्यकाबाहिर १४ लाख ७८ लाख ६ सय ७५ रुपैयाँ विश्वविद्यालयमा तिर्नुपर्ने हुन्छ । त्यस्तै, बिडिएसतर्फ ६ लाख ७३ हजार एक सय रुपैयाँ पहिलो वर्ष विश्वविद्यालयमा जम्मा गर्नुपर्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले लिने एमडी/एमएस/एमडिएमएस स्नात्तकोत्तरको प्रवेश परीक्षा स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अन्तिम समयमा परीक्षा स्थगित गर्नुपरेको न्याम्सका डिन प्राडा पीयूष दाहालले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

न्याम्सले शनिबार शैक्षिक वर्ष ०७६/७७ को एमडी/एमएस/एमडिएमएस स्नात्तकोत्तरको प्रवेश परीक्षा गर्ने तय गरेको थियो । न्याम्सले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित भएको जनाएको छ ।

-नया पत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी